३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वर्षा नहुँदा पर्वतका कृषकले मकै छर्न पाएनन्

२७ चैत्र २०७२, शनिबार ०७:४४

पर्वत, लामो समयसम्म वर्षा नहुँदा पर्वतका विभिन्न गाविसका कृषकले मकैखेती गर्न पाएका छैनन् । जिल्लामा धानपछिको दोस्रो बालीका रुपमा रहेको मकै लगाउने मौसम सकिनै लाग्दा पनि वर्षा नभएका कारण कृषकले खेतबारीमा लगाउन नपाएका हुन् ।

जिल्लाका अधिकांश गाविसका कृषकले चैतको अन्तिम सातासम्म पनि मकैखेती गर्न नपाएको गुनासो गरेका छन् । सिँचाइ सुविधा पुगेका क्षेत्रमा खासै समस्या नभए पनि सिँचाइको सुविधा नभएका ठाउँमा भने समस्या भएको कृषकको गुनासो रहेको छ ।

खासगरी फागुन महिनाभित्र खेतमा र चैत महिनाभित्र बारीमा मकैखेती लगाइसक्नुपर्ने भएपनि पानी नपरेका कारण कुनै पनि ठाउँमा मकै रोप्न नपाएको ठूलीपोखरीका कृषक राम सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो – “अहिलेसम्म पानी परेको छैन । सुरुमा खेतमा अलिकति लगाएका मकै पनि उम्रिएनन् । बारीमा लगाउनै पाइएको छैन ।

कहिले पानी पर्ला भनेर कृषक आकाशतिरै हेरेर दिन कटाउन बाध्य छन् ।” जिल्लाको पिपलटारी, ठूलीपोखरी, आर्थर चित्रे, खौला, कार्कीनेटा, लुँखुदेउराली, पाखापानी, खानीगाउँ देवीस्थान, कटुवाचौपारी कुर्घालगायत दुई दर्जन गाविसमा मकैखेती लगाउन नपाएको कृषकले गुनासो गरेका छन् ।

असोज महिनापछि एकपटक पनि वर्षा नभएकाले बाँझो जमिन जोत्नसमेत समस्या भएको लुँखुदेउरालीकी कृषक सरस्वती अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो – “हिउँदभरि वर्षा नै नभर बाँझो जोत्नसमेत पाइएन । के गरी मकै लगाउने रु”

जिल्लाको देउपुर, देउराली, बाजुङ, लेखफाँट, क्याङ, भुकताङले, हवास, त्रिवेणी, सरौखोला, भोर्लेलगायतका गाविसमा मकैखेती लगाइसकेका छन् ।

चैत महिनाभित्र मकैखेती रोप्न नपाए उत्पादन घट्ने र खेतमा धान रोप्नसमेत ढिलाइ हुने भएकाले उत्पादनमा असर पर्ने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

यसैबीच, जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा यस वर्ष १८ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । कृषकलाई रु १५ प्रतिकिलोको दरमा मकैको बीउ वितरण गरिएको हो । राम्रो उत्पादन दिनेखालको मकैको बीउ कृषकको मागअनुसार वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

कार्यालयबाट आवश्यकताअनुसार बीउ खरिद गरेर राखेका कृषकले खेतबारीमा रोप्न नपाउँदा झनै समस्या परेको फलेवासका कृषक लकास सुवेदीले गुनासो गर्नुभयो ।

पर्वतमा १४ हजार २८५ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको छ । वार्षिक रुपमा जिल्लामा ३१ हजार १३५ मेट्रिक टन मकै उत्पादन हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति