चैत २३, सर्लाहि | रामनगर गाउँपालिपाका–१ मा आज दिउँसो वर्षासहित चलेको हावाहुरीले घरको छानो उडाउँदा चोट लागि एक जनाको मृत्यु भएको छ ।
दिउँसो बाटोमा हिँडिरहेका बेला स्थानीय राजाराम चौधरीको टाटी र फुसले छाएको खाजा घरको छानो हावाहुरिले उडाउँदा त्यसले चोट लागेर ४५ वर्षका पनीलाल सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सर्लाही अस्पताल मलङ्गवामा शव परीक्षणपश्चात निजको आफन्तलाई शव जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।