२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

किताबमै स्वतन्त्रता मिल्छ ‘कैदीबन्दी’

२०७५, २४ चैत्र आईतवार १२:०९

सा.स । चैत २४ जुम्ला । चारैतिर अग्लो पर्खाल । पर्खालमाथी काँडेतार । सटर सहितको भोटे ताल्चा ठोकीएको भित्रि गेट र पर्खालमाथी कडा प्रहरी सुरक्षा । त्यहि सुरक्षा घेराभित्रका बन्द कोठाबाट खुला आकाश र आकाशमा घुमिरहेका पंक्षि बाहेक अरु केहि देखिँदैन । हेरौ भने त्यहि खुला आकाश । नहेरौ दिउसै रात परेका कोठा । यो दृष्य हो, जुम्ला कारागारको । कारागारमा रहेका ८४ जना कैदीबन्दीले यसको राम्रोसँग महशुस गरेका छन् । जिबनको काल खण्डमा कैदीबन्दीका लागि कारागार एउटा छुट्टै र अध्यारो संसार पनि हो । त्यहाँ उनिहरुलाई थप पिडाको महशुस हुन्छ । तर पिडा ब्यक्त गरी समाधान गर्र्ने विकल्प पनि छैन ।      

बर्षौ बाहिरी संसार देख्न नपाएका कैदीबन्दीले कारागारको जेल बिजनमा आफुलाई पिंजडाभित्रको चरा जस्तै बन्धक बनाईएको महशुस गर्छन् । उनिहरुलाई त्यो महशुस नहोस् पनि कसरी । तर विगत दुई महिना अघि शुरु भएको कारागारमा पुस्तक अभियानले केहि हदसम्म भएपनि कैदीबन्दीको पिडा घटाउन तथा उनिहरुलाई स्वतन्त्रताको अनुभुति गराउन मद्दत भने गरेको छ । कैदीबन्दीको यसअघिको पिडालाई मध्यनजर गरी शुरु भएको अभियानले उनिहरुलाई स्वतन्त्रता सहितको अध्ययनशिल संसारको अनुभुति गराएको हो । अहिले उनिहरु किताबमै भएपनि स्वतन्त्रता भेट्न थालेका छन् । जुम्लाबाट शुरु भएको यो अभियान हाल कर्णाली प्रदेशका सबै कारागारमा लागु छ । जुम्ला कारागारमा पुस्तकालय स्थापनापछि कैदीबन्दीको अध्ययन गर्ने बानी समेत विकास भएको छ । यसले उनिहरुको सोचाईमा समेत सकारात्मक परिवर्तन भईरहेको छ ।   


पुस्तकालयमा विभिन्न विधाका पुस्तकहरु उपलब्ध छन् । भने अँझै पुस्तक जम्मा गर्ने काम भईरहेको छ । त्यहाँ कैदीबन्दीले आफ्नो रुचि अनुसारकै पुस्तक अध्ययन गर्ने गर्दछन् । एक औपचारीक कार्यक्रमबिच शनिबार लेखक तथा उपन्यासकार सिवानी सिंह थारुले उक्त पुस्ताकालयको उद्घाटन गरीन् । सो अवसरमा कैदीबन्दी दलबहादुर कार्कीले भने, ‘पुस्तक अध्ययनले ज्ञान मात्र होइन सकारात्मक सोचको पनि विकास हुँदो रहेछ, हामीले अहिले किताबमै स्वतन्त्रता सहितको नँया संसार भेट्न थालेका छौ ।’ विनोद शाहीलाई समेत पहिले दिन कटाउन मुस्किल हुन्थ्यो । तर अहिले पुस्तक अध्ययनले दिन बितेको थाँहा नै हुँदैन । उनले भने, ‘जे जस्तो अपराध गरेर जेल आएपनि अब भने पुस्तक अध्ययनले सबै कैदी साथीहरुमा अपराधीक मानसिकता हराउने छ  ।"

उपन्यासकार सिवानी सिंह थारुले पुस्तक अध्ययनले कैदीबन्दीको जिबन नै परिर्वतन हुने बताईन् । ‘जति पुस्तक अध्ययन गर्यौ, त्यति नै पढ्ने लत बस्दै जान्छ’ उनले भनिन्, ‘अन्तत ः हरेक पुस्तकले दिने ज्ञान बर्दक तथा सहि सन्देशले कैदीको ब्यवहारीक जिबन पनि सुधार्न मद्दत पुग्छ ।’ उनिसँग कैदीबन्दीले पढ्ने कला र उनको जिबनको भोगाईबारे अनुभव आदान प्रदान तथा अन्तरक्रिया समेत गरेका थिए । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कैदीबन्दीलाई कारागारभित्र कुनै पनि समस्या आउन नदिने भन्दै राज्यले दिएको सेवा सुविधामा सन्तोषजनक हुन अनुरोध गरीन् । सरकारले जेलभित्र पनि अनुशासीत र सभ्य नागरीकको पहिचान दिने कैदीको जेल जिबन मुक्त गर्ने रणनिति अपनाएको छ । डिएसपि सिताराम रिजालले कैदीबन्दी अनुशासीत बन्दै गएको बताउँदै कारागारभित्र सबैसँग भाईचाराको सम्बन्ध कायम गर्न सुझाए । यस अभियानले कैदीबन्दीको जेल बाहिरको भविष्य उज्यालो रहेको भन्दै अभियानलाई देशै भरी लागु गर्न आवाश्यक रहेको नागरीक समाजका अध्यक्ष राजबहादुर महतको भनाई छ ।          

यसैबिच शनिबार कर्णाली प्रदेशका सबै कारागारमा पुस्तकालयहरूको उद्घाटन गरएिको छ । जसका लागि सुर्खेतमा वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ उपन्यासकार एवम् कथाकार नयनराज पाण्डे, कवि नवराज पराजुली, दैलेखमा निबन्धकार शेखर खरेल र उपन्यासकार तथा कथाकार कुमार नगरकोटी, सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम (पश्चिम)मा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामा, जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालीकोटमा उपन्यासकार युग पाठक, जुम्लामा उपन्यासकार सिवानीसिंह थारु र डोल्पामा उपन्यासकार तथा कथाकार अमर न्यौपानेले उद्घाटन गरेका हुन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?