२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटका दुर्गम बस्तीमा खानेपानीको चरम अभाव

२७ चैत्र २०७५, बुधबार ०८:१२

चैत २७, जाजरकोट |  दलित र जनजाती समुदायको बाहुल्यता रहेको बारेकोट गाउँपालिका–२ रोकायगाउँमा वर्षेनी खानेपानीको समस्या भए पनि समाधान हुनसकेको छैन् । करीब ३५० घरपरिवार रहेको सो गाउँमा खानेपानीका लागि पटक÷पटक आवाज उठाए पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ ।

स्रोत तथा मुहान अभावमा उक्त वडाको रोकायगाउँ, विउरी, मुग्रेगाउँ, गैरागाउँ, अएर्न, भुरारा, ढाडदारा, लिम्सा, बुढागाउँलगायत टोलका स्थानीयवासी समस्यामा परेका छन् । खानेपानी अभावमा यहाँ रहेको जनता आधारभूत विद्यालयका दुई सय विद्यार्थी समेत प्रभावित भएका छन् । गाउँका महिला र बालबालिकाले पानी ओसारपसारमै समय खर्चिने गरेका छन् । कतिपय स्थानीयवासी आकाशे पानी सङ्कलन गरेर गुजारा चलाउन बाध्य रहेका स्थानीयवासी मने कामीले बताउनुभयो ।

पानीको अभावमा शौचालयसमेत प्रयोग गर्न समस्या भएको उहाँको भनाइ छ । गाउँ आसपासमा पानीको स्रोत नहुँदा एउटै मूलको भरमा सिङ्गो गाउँ रहेको स्थानीयवासी सावित्रा विकले बताउनुभयो  । उहाँले भन्नुभयो, “एक गाग्री पानी ल्याउन घण्टौं पालो कुनुपर्ने, त्यसैमा दूषित पानी छ, कपडा धुन र नुहाउन दुई घण्टा टाढाको घाटखोला जानुपर्ने बाध्यता छ ।” महिनावारी र सुत्केरी महिलालाई सरसफाइमा झन समस्या हुने गरेको बताइएको छ ।

जलवायु परिवर्तन, बढ्दो वन विनाश, बाढी पहिरो, सुक्खा खडेरीलगायत कारण गाउँमा खानेपानीको समस्या बढ्दै गएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “वृहत खानेपानी आयोजनाको पहलमा छौँ, प्रदेश सरकारले सहयोग गरेमा अर्को वर्ष खानेपानीको समस्या हल हुनेछ ।” गाउँपालिकाको बजेटबाट सो खानेपानी आयोजना निर्माण गर्न अर्थ अभाव रहेको शाहले जानकारी दिनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य