२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

नापतौलका यन्त्र दर्ता नगरिए कार्वाही

२८ चैत्र २०७५, बिहीबार १३:४२

चैत २८, डोटी (रासस) | जिल्लामा व्यापार व्यवसायका लागि प्रयोगमा आउने नापतौल यन्त्र  र ढक समयमा नै दर्ता तथा  जाँच नगराए कानूनी कार्वाही गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालयका कार्यालय निमित्त प्रमुख गुरुप्रसाद पोखरेलले जिल्लामा व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्र समयमा नै दर्ता तथा जाँच नगराएको पाइए कानुनी कारवाही हुने चेतावनी व्यापारी, व्यवसायी तथा सरोकार पक्षलाई दिनुभयो । 

व्यापारीले ढक, तराजु, मिटर, लिटरलगायत नापतौल सामग्री नापतौल कार्यालयबाट अनुमति पाएको आधिकारिक अधिकृत बिक्रेताबाट खरीद गरी सञ्चालनमा ल्याउनुपर्ने कानूनी प्रावधान छ । व्यापारीले प्रयोगमा ल्याएका नापतौलका सामग्रीका लागि अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहेको पोखरेलले जानकारी दिनुभयो । नापतौलमा प्रयोग हुने  ढक तथा यन्त्र  हरेक वर्ष जाँच गराउनुपर्ने र केही यन्त्र दुई वर्षमा एक पटक नापजाँच गरिनुपर्ने प्रावधान रहेको गुणस्तर तथा नाप तौल कार्यालय सिलगढीले जनाएको छ । 

जीर्ण टहरामा पढाइ

बडीकेदार गाउँपालिका वडा नं २ बरउस्थित शिशुदर्पण आधारभूत विद्यालयमा भवन अभावले पठनपाठनमा समस्या भएको छ । भवन अभावमा कतिपय विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएको  गाउँपालिका ५ स्यालीका बासिन्दा तथा शिक्षक धनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा पर्याप्त मात्रामा कक्षा कोठा नै छैनन्, भएका जति पनि जीर्ण छन्, कतिबेला के घटना हुन्छ थाहै छैन ।” जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त विद्यालयमा पानी परेका समयमा विद्यार्थीलाई नचुहिएको ठाउँमा उभ्याएर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक बेचन चौधरीले बताउनुभयो । 

केही दिन पहिले आएको हावाहुरीले विद्यालयको छानासमेत उडाएर लगेपछि झन् समस्या भएको प्रधानाध्यापक चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा भएका छाना त चुहिने थिए, त्यसमा पनि अस्तिको हावाहुरीले छाना नै उडाएर लगेपछि झनै बिजोग भएको छ ।” 

विसं २०४६ मा स्थापित उक्त विद्यालयमा स्थापनाकालमै दुईकोठे टहरो तयार गरिएको भए पनि अहिले त्यो पूर्ण रुपमा जीर्ण भएपछि पठनपाठनमा बाधा भइरहेको गाउँपालिका वडा नं १ का  दानबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्षौं पहिले विद्यालय निर्माण भएको हो, सबै छाना जीर्ण भएका छन् कुन दिन भत्किन्छ र विद्यार्थी च्यापिएको खबर सुनिन्छ ।” 

हिजोआज बेलाबखत सामान्य पानी परिरहेकाले वार्षिक परीक्षा सञ्चालनका बेलामा समेत समस्या भएको शिक्षक बताउँछन् । कक्षा ५ सम्म पढाइ हुने सो  विद्यालयमा कूल ६४ विद्यार्थी छन् । आफ्नो विद्यालयको समस्या कसैले पनि नबुझिदिएको र भवन दिनसमेत कसैले  पहल नगरेको भन्दै स्थानीयवासी आक्रोशित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा