२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ : घटेन सवारी दुर्घटना

२०७५, २९ चैत्र शुक्रबार ०९:३६

रीता लामा, चैत २९, घोराही । समथर भू–भाग भएको दाङको बाटोसमेत प्रायः समथर क्षेत्रमै भए पनि दुर्घटना भने अन्य जिल्लाको तुलनामा धेरै हुने गरेको छ । यहाँ अन्य जिल्लाको तुलनामा उच्च सवारी दुर्घटना हुने गरेको विभन्न तथ्याङ्कले समेत देखाएको छ । 

विशेषगरी ट्राफिक नियमको पालना नभएकै कारण अधिकांश दुर्घटना हुने गरेको प्रहरीको अनुसन्धानले देखाउँछ । त्यसमा पनि चालककै लापरवाहीले सवारी दुर्घटना बढ्दो अवस्थामा रहेको प्रहरीको निष्कर्ष छ । चालु आर्थिक वर्षमा ८५ बढी व्यक्तिको सवारी दुर्घटनामा परेर अकालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालययसँग तथ्याङ्क छ । दैनिकजसो सवारी दुर्घटना हुने र मानवीय क्षति पनि हँुदै आएको छ । 

दुर्घटना रोक्न प्रहरी रातदिन खटिरहेको छ । तर वर्षौदेखि डर लाग्दोे अवस्थामा हुँदै आएका सवारी दुर्घटना न्यूनीकरण भने हुनसकेका छैनन् । ट्राफिक प्रहरीका अनुसार ९० देखि ९५ वटा सवारी साधनका चालक ट्राफिक नियमपालना नगरेकै कारण कारवाहीमा पर्ने गरेका छन् । रु पाँच सयदेखि रु एक हजार ५० सम्म उनीहरुले जरिवाना तिर्नुपरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २२ हजार ७८९ सवारी साधनका चालक कारवाहीमा परेका छन् ।

 ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने चालकलाई कारवाही गर्दा रु एक करोड ३९ लाख ६९ हजार पाँच सय राजश्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ । दैनिक सरदर एकसय चालक कारवाहीमा परिरहँदा धेरै नियमविपरीत चल्ने मोटरसाइकल चालक देखिएका छन् । प्रहरीले बितेका आठ महीनामा नौ हजार १५ मोटरसाइकल चालकलाई कारवाही गर्दा रु ५८ लाख ३४ हजार जरिवाना सङ्कलन भएको छ । 

त्यसपछि ट्रकका चालक चार हजार ७१२ कारवाहीमा पर्दा रु २८ लाख ८३ हजार ५००, जीपका दुई हजार ६८७ चालक कारवाही पर्दा रु १५ लाख नौ ७००, बसतर्फ रु दुई हजार ६६४ चालक कारवाही पर्दा रु १४ लाख ९६ हजार राजश्व सङ्कलन भएको छ ।

त्यसैगरी दुई हजार ७१५ ट्याक्टर चालक कारवाहीमा पर्दा रु १६ लाख ९४ हजार पाँच सय र ९८८ टेम्पो चालक कारवाहीमा पर्दा रु छ लाख ७४ हजार ५०० राजश्व सङ्कलन भएको जनाइएको छ । चालु आर्थिक वर्षको आठ महीनामा दाङमा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने ५६० चालक कारवाहीमा परेका ट्राफिक प्रहरी प्रशासन शाखाका जवान लालबहादुर देउवाले जानकारी दिनुभयो ।

 सवारी दुर्घटनाको कारण मादकपदार्थ सेवन गरेर गाडी चलाउनु प्रमुख कारण देखिएको भन्दै ट्राफिकसँगै नेपाल प्रहरीले जाँचमा निकै कडाइ गर्दै आएको छ । सबैभन्दा धेरै मोटरसाइकल चालक मादकपदार्थ सेवन गर्ने देखिएका छन् । आठ महीनामा ४५२ मोटरसाइकल चालक कारवाहीमा पर्दा रु चार लाख ५२ हजार राजश्व सङ्कलन भएको छ । 

त्यसैगरी ४५ टेम्पो चालक, २५ जीप चालक, २१ ट्र्याक्टर चालक, १४ ट्रक चालक र तीन बस चालक मादकपदार्थ सेवनका कारण कारवाहीमा परेका छन् । यसैबीच मादकपदार्थ सेवन गरेर गाडी चलाएका कारण दुर्घटना भएपछि केही चालकमाथि मुद्दा चलाएर कैद सजायसगै जिल्ला प्रशासनबाट जरिवानासमेत हँुदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी