2026-07-25 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिबाट वैशाख १ गते ३४३ जनालाई मानपदवी दिइने

चैत २९, काठमाडौँ  ।  सरकारले मुलुकका विभिन्न क्षेत्रमा योगदान पु¥याएका ३४३ जनालाई मानपदवी प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार विभिन्न क्षेत्रबाट विभूषित हुन लागेका ५१७ मध्ये ३४३ जनालाई मानपदवी प्रदान गर्न लागिएको गृह मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको छ । विसं २०७६ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँहरुलाई मानपदवी प्रदान गरिने मन्त्रालयले जनाएको छ । 

यस्तै विभिन्न मुलुकबाट १४४ राष्ट्रसेवक तथा नेपाली नागरिकलाई विभिन्न प्रकृतिका विभूषण ग्रहणका लागि स्वीकृति दिनसमेत विभूषण समितिले मन्त्रिपरिषद्मा सिफारिश गरेको जनाइएको छ ।  राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकामध्ये एक जनालाई नेपाल रत्न, चार जनालाई महाउज्ज्वल राष्ट्रदीप, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, दुई जनालाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप र तीन जनालाई सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित गरिने जनाइएको छ ।  यस्तै ९६ जनालाई सुप्रबल जनसेवाश्री, एक जनालाई कीर्तिमय राष्ट्रदीप, १६१ जनालाई प्रबल जनसेवाश्री, ७४ जनालाई जनसेवाश्री, ८७ जनालाई अलङ्कार र ८७ जनालाई पदक प्रदान गरिने मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, प्रा डा मीना वैद्य, प्रा डा इन्द्रजीत राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव, उपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृहसचिव प्रेमकुमार राई सदस्य सचिव रहेको विभूषण समिति गठन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक