२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु, ४० जना घाइते

२०७६, १ बैशाख आईतवार १६:१६

वैशाख १, सर्लाही । छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डको कविलासी नगरपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सर्लाही सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको बिआर ०१ पिबी ५९५१ नम्बरको टाटा भिक्ट्टा गाडी कविलासी नगरपालिका–१० चमेली माई मन्दिर नजिक दुर्घटना हुँदा त्यसमा सवार सर्लाही वागमती नगरपालिका–८ निवासी ४५ वर्षीय चिरञ्जीवी पोखरेलको मृत्यु भएको प्रहरी चौकी कबिलासीले जनाएको छ । मृतक पोखरेल साविक सोल्टी गाविसका पूर्व उपाध्यक्ष एवम् वर्तमान एमालेका स्थानीय नेता हुनुहुन्थ्यो । दुर्घटनामा परी ९ जना घाईते भएका छन् । घाईतेहरुको सर्लाही अस्पताल मलंगवामा समान्य उपचार गरी थप उपचारको लागि भरतपुर तर्फ रेफर गरिएको छ । 

यसैबीच पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ उष्ण प्रदेशीय बागवानी नजिक आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी जिल्ला रामधुनी नगरपालिका– ९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका– ६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गरेर बा३ख १३१८ नम्बरको बस रिजर्भ गरेर घर फर्किंदै गर्दा आज बिहान उनीहरु दुर्घटनामा परेका हुन् । दुर्घटना तीव्र गतिका कारण भएको जिल्ला प्रहरी ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीले बताउनुभयो । तीव्र गतिमा रहेको बसको स्टेरिङ मोड्दा सडक छेउको रुखमा ठोक्किन गई दुर्घटना भएको उहाँले बताउनुभयो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि विराटनगर लगिएको छ भने सामान्य घाइतेको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी