2026-07-25 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हर्षोल्लाससाथ मनाइयो नयाँ वर्ष २०७६

वैशाख १, काठमाडौँ (रासस) |  देशभर आज नयाँ वर्षका रुपमा विक्रम संवत् दुई हजार छयहत्तर (२०७६) हर्षोल्लासका साथ मनाइएको छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन आज नयाँ वर्षको पहिलो दिन मनाइएको हो ।  राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको भनी केही व्यक्तिले दाबी गरे पनि राजा विक्रमादित्यको शासनकालभन्दा २०० वर्षअघि नै यो संवत् चलेको अनुसन्धानदाता डा निर्मलमणि अधिकारीले बताउनुभयो ।

एकथरी संस्कृतिविद् काठमाडौँको हाँडीगाउँमा राजधानी बनाई राज्य गरेका राजा विक्रमादित्यले नै विसं चलाएको मत राख्छन् । ती विक्रमादित्यले साँखुको बज्रयोगिनीमा तपस्या गरेको इतिहासकार बताउँछन् । उनको टाउको अहिले पनि बज्रयोगिनीमा भएको विश्वास गरिन्छ । नयाँ वर्ष प्रवेशका दिन आज उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड देखिन्थ्यो । 

पशुपतिनाथ मन्दिरमा आज भक्तजनको विशेष घुइँचो लागेको थियो । धेरै दर्शनार्थी गाडी रिजर्भ गरेर नयाँ स्थानमा घुम्न गएका थिए । बिहानै स्नान गरेर घर, कोठा–आँगन सफा गरी मीठोमसिनो खाई साथीभाइ तथा इष्टमित्रसँग भेटघाट सर्वसाधारण व्यस्त थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक