२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पुर्याएको क्षतिका बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण

२०७६, ३ बैशाख मंगलवार ०८:५४

वैशाख ३, गल्कोट । प्रदेशसभा सदस्यद्वय इन्द्रलाल सापकोटा र चन्द्र सागर बुढाले गल्कोटसहित बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पु¥याएको क्षतिका बारेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराउनुभएको छ । 

बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यद्वयले बाढी तथा वर्षाका कारण भएको क्षति तथा राहतका विषयमा आज मुख्यमन्त्री निवासमा पुगेर उहाँलाई ध्यानाकर्षण  गराउनुभएको हो । 

सो अवसरमा मुख्यमन्त्री गुरुङले बाढीपीडितको उचित व्यवस्थापनका लागि राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको सदस्य सापकोटाले राससलाई बताउनुभयो । 

प्रदेशसभा सदस्यद्वयले बागलुङको गल्कोट, काठेलाखोला र जैमिनीमा भएको प्राकृतिक विपत्तिका बारेमा जानकारी गराउँदै क्षतिको विवरणका आधारमा राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गर्नुभयो । आइतबार दिउँसो परेको भीषण बाढी र असिना पानीले गल्कोटसहित जिल्लाका विभिन्न सस्थानमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण गल्कोट क्षेत्रमा करिब रु पाँच करोडको नोक्सानी भएको छ । 

वर्षा पछिको बाढीका कारण गल्कोटको दुदिलाभाटीस्थित गौदिखोला लघुजलविद्युत पहिलो, दोस्रो र चांैथो आयोजनामा क्षति पु¥याउँदा विद्युत् सेवा अवरुद्ध बनेको छ भने दुदिलाभाटीका स्थानीय ग्रामीण सडक समेत अवरुद्ध भएका छन् । बाढीबाट एक दर्जन गोठ तथा घरमा आंशिक क्षति  पु¥याएको गल्कोट नगरपालिकाले जनाएको छ । 

बाढीका कारण दुदिलाभाटीका खेतीयोग्य जमीन बगरमा परिणत भएका छन् । गल्कोट नगरपालिकाले बाढीपीडितका लागि राहतकोष स्थापना गरेर सहयोग गर्ने घोषणा गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी