२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा नौ महीनामा २५ लाख राजश्व सङ्कलन

३ बैशाख २०७६, मंगलवार १२:१२

बैशाख ३, दार्चुला । छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु २५ लाखभन्दा  बढी राजश्व सङ्कलन गरेको छ । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलङ्गाको सीमा क्षेत्रमा अवस्थित उक्त कार्यालयले गत साउनदेखि चैतसम्म रु २५ लाख तीन हजार राजश्व सङ्कलन गरेको हो ।

उक्त कार्यालयमा निर्यातभन्दा पनि आयातका सामानबाटै राजश्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नरसिंह बडालले जानकारी दिनुभयो । 

सबै सामानमा कडाइका साथ भन्सार रकम सङ्कलन गरिएकाले व्यापारीले विरोध गरे पनि आशा गरिएबकोजिम राजश्व सङ्कलन भएको यसैगरी चालू आवमा खरी निर्यात गरेर करीब रु सात लाख राजश्व सङ्कलन भएको निमित्त प्रमुख बडालले जानकारी दिनुभयोे । 

दुहुँ गाउँपालिका–५ हिकिला बक्थौलामा उत्खनन भइरहेको खरी भारत निकासीबापत रु छ लाख ८४ हजार राजश्व सङ्कलन भएको र चालू आवको हालसम्म ३८ मेट्रिकटनका दरले १२ पटकमा ४५६ मेट्रिकटन खरी भारत निर्यात भएको थियो ।   

खरी निर्यातबापत् प्रतिकेजी एक रुपैयाँ ५० पैसाका दरले राजश्व सङ्कलन हुने गरेको छ । चालू आवमा दुई हजार ५०० मेट्रिकटन खरी उत्खनन गरेर भारत निर्यात गर्ने लक्ष्य भए पनि यातायातको अभाव र हिउँदका महीनामा राम्रो बाटो नभएर लक्ष्यभन्दा कम खरी निर्यात हुने देखिएको बताइएको छ । 

यो वर्ष खानी तथा भूगर्भ विभागबाट दुई हजार ५०० मेट्रिकटन खरी निकासीको अनुमति लिएर जियो मिनरल रिजर्भ प्रालिले खरी उत्खनन गरिरहेको छ । जिल्लामा सीतापुल, तिगरम, खलङ्गा, दत्तु, जौलजीवी र लाली भारतसँग सीमा जोडिएका नाका हुन् तर खलङ्गाबाहेक अन्य सीमा पुलमा भन्सार स्थापना हुन सकेको छैन । खलङ्गापछि बढी सामान आयात निर्यात हुने अन्य नाकाबाट हरेक महीना लाखौँ रुपैयाँको सामान अवैधरुपमा नेपाल भित्रिने गरेको छ । 

चीनको ताक्लाकोटबाट पनि हरेक वर्ष करोडौँको सामान राजश्व नतिरी भारत तथा नेपाल भित्रिने गरेको यहाँका बासिन्दा बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला