९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा गिद्धको संख्या बढ्यो

५ बैशाख २०७६, बिहीबार ०८:००

वैशाख ५, डोटी । कुनै बेला वीरलै देखिने गिद्ध हिजोआज यहाँका जिल्लामा प्रशस्तै देखिन थालेका छन् । केही वर्षअघिसम्म यदाकदा मात्रै देखा पर्ने गिद्ध अहिले प्रशस्त छन् । जिल्लामा गिद्धको सङ्ख्या कति छ भनेर गणना नभएपनि अहिले ३०० देखि ६०० मिटरको उचाइमा प्रशस्त देख्न पाइन्छ ।

खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रमा हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । लोपोन्मुख अवस्थामा पुगेको हिमाली गिद्ध यहाँ भने प्रशस्तै रहेको कार्यालय सहायक प्रमुख संरक्षण अधिकृत प्रशा शाहले बताए ।

पर्याप्त आहारा, वासस्थानको संरक्षणलगायत  पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोग नगरिएकाले यहाँ हिमाली गिद्धको सङ्ख्या वृद्धि भएको उहाँको भनाइ थियो । जिल्लामा यसअघि गिद्धबारे कुनै अध्ययन अनुसन्धान नभएको र अन्य गिद्धका प्रजाति तथा सङ्ख्याको बारेमा यकिन भन्न नसकिने जानकारी दिँदै उनले भने, ‘यस वर्ष भने गिद्धको सङ्ख्या अधिक देखिन थालेकाले अध्ययनका लागि योजना बनाइने भएको छ ।’

गिद्धको सङ्ख्या वृद्धि भएसँगै गाउँ घरमा फालिएका सिनो खाएर वातावरण सफा सुग्घर बनाउने गरेको खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । उनले भने, ‘लोपोन्मुख प्रजातिका गिद्ध आए पनि त्यसको संरक्षणबारे कुनै निकायबाट पहल भएको छैन, अब संरक्षणका लागि पहल गर्नुपर्छ ।’ नेपालमा हाडफोर, सेतोगिद्ध, डङ्गर, सानोखैरो गिद्ध, हिमाली गिद्ध, खैरोगिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध गरी नौ प्रजातिका गिद्ध पाइने गरेको निकुन्ज कार्यालयले जनाएको छ ।

डङ्गर गिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध र लामो ठुँडेगिद्ध अति सङ्कटापन्न अवस्थामा रहेका छन् भने सेतो गिद्ध र हिमाली गिद्ध पनि सङ्कटापन्न अवस्थामा रहेको बताइएको छ । डाइक्लोफेनेक नामक औषधिको प्रयोगबाट मृत्यु भएका पशुको सिनो गिद्धले खाएपछि मिर्गौला फुटेर मर्ने र तिनको प्रजनन क्षमतामा ह्रास आउने हुँदा गिद्ध लोप हुने अवस्थामा पुगेको निकुञ्जका कर्मचारी बताउँछन् । पछिल्लो समय देशका अधिकांश जिल्ला डाइक्लोफेनेक मुक्त क्षेत्र घोषणा गरिएकाले गिद्धको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको उनीहरूको  अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे