2026-07-25 12:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहमतिमै विकास निर्माणमा जाने सङ्कल्प गरेका छौँ : अध्यक्ष दाहाल

 वैशाख ६, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिसाथ विकास निर्माणमा जाने सङ्कल्प गरेको बताउनुभएको छ । प्रदेश नं. ३ सरकारले आज यहाँ आयोजना गरेको निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सबैको सहमतिबाटै देश समृद्ध हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सहमतिसाथ संविधान बनायौँ, सहमतिसाथ निर्वाचन गरायौँ अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्ने सङ्कल्प गरेका छौँ ।” सत्तापक्ष र प्रतिपक्षलगायत सबै दलको आवाजको सार अब समृद्धि नै हो भन्ने रहेको बताउँदै दाहालले अब यसलाई कार्यान्वयन गर्नका निम्ति हामीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।  

सार्वजनिक र निजी क्षेत्र इमान्दारसाथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पूर्वाग्रह लिएर होइन, निजी क्षेत्रसँग सहकार्य गर्नका लागि जब इमान्दार प्रयास हुँदैन तबसम्म देश विकासले गति लिनै सक्दैन ।” 

सरकारी क्षेत्रले निजी क्षेत्रलाई नकारात्मक ढङ्गले हेर्ने परिपाटीले विगतमा देश विकास हुन नसकेको बताउँदै उहाँले भन्नुभयो, “राज्यले निजी क्षेत्रलाई विश्वासमा लिने पहल गर्नुपर्छ ।” निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहित गर्न सकिएन भने स्वदेशी र विदेशी लगानी आउँछ भन्ने सपना देख्नु दिवा सपना मात्रै भएको दाहालको भनाइ थियो । 

लामो समयदेखिको केन्द्रीकृत शासन प्रणाली अन्त्य भएर तीन तहको सरकार बनेको भन्दै उहाँले भन्नुभयो, “नयाँ युगको सूत्रपात भएको छ, यसलाई सफल बनाउनु पर्छ ।” २००७, २०१७ र २०४६ सालको जस्तो परिवर्तन अहिलेको नभएको भन्दै उहाँले भन्नुभयो “यो सामान्य मात्रात्मक होइन, गुणात्मक परिवर्तन हो ।” गुणात्मक परिवर्तनलाई आत्मसात् गर्न सकेनौँ भने यसलाई उपयोगीरुपमा राष्ट्रको पक्षमा, जनताको पक्षमा प्रभावकारी कार्यान्वयन गर्नै नसकिने उहाँले बताउनुभयो । राजनीतिक परिवर्तनसँगै सोचमा पनि परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो । 

पूर्वअर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले योजना र नीति निर्माणको समस्या नभएर कार्यान्वयनको समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रा र सुन्दर योजना त आउँलान् तर ती कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने महत्वपूर्ण विषय हो ।” सङ्घीयतासँगै तीन तहका सरकारले आफ्नो निर्णय क्षमता र गुणस्तर बढाउनु पर्ने बताउँदै उहाँले लगानीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो । 

विकास निर्माणलाई राजनीतिक विवादमा ल्याउन नहुने बताउँदै उहाँले भन्नुभयो, “अब भाषण होइन, काम गरेर देखाउने समय आएको छ ।”सांसद विनोद चौधरी, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेललगायतका सहभागी व्यवसायी र नीति निर्माताले सो कार्यक्रममा बोल्नुभएको थियो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सो प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले यो प्रदेशमा लगानी गर्नुपर्ने क्षेत्रको बारेमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रमअन्तर्गत शनिबार पनि निजी क्षेत्रसँग बृहत् अन्तक्र्रिया गरिँदै छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक