२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा बस र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

६ बैशाख २०७६, शुक्रबार १६:१८

वैशाख ६, बनेपा । काभ्रेपालञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं २ पात्लेगाउँस्थित बिपी राजमार्गमा आज दिउँसो यात्रुबाहक बस र मोटरसाइकलबीच आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काभ्रेपलाञ्चोकको भकुण्डेबाट काभ्रेभञ्ज्याङतर्फ आउँदै गरेको बा८६प ३५२६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको बा३ख ९४५३ नंको यात्रुबाहक बसलाई ओभरटेक(उछिन्ने) क्रममा आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार उदयपुरको कटारी बस्ने अन्दाजी वर्ष १५ की लक्ष्मी मगरको मृत्यु भएको हो । उहाँको उपचारका लागि धुलिखेलतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–३ चुनीखेल बस्ने वर्ष ३५ को सुनिल श्रेष्ठ घाइते भएको र उहाँको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

बस र चालकलाई नियन्त्रणमा लिइ घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य