२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

पढाइसँगै सीप सिक्दै विद्यार्थी

२०७६, ७ बैशाख शनिबार ०४:०५

 हेमन्त केसी, वैशाख  ७, जाजरकोट । नलगाड नगरपालिका–६ पोख्राका राजबहादुर कुसारी भेरी नगरपालिका–१ को ले गाउँस्थित शिव माविमा कृषि जेटिए अध्ययन गरिरहनुभएको छ । 

उहाँ नियमित कक्षामा सैद्धान्तिक कक्षा त लिनुहुन्छ नै, विद्यालयले गराउने प्रयोगात्मक कक्षामा पनि उहाँ सहभागी हुनुहुन्छ । उहाँलाई यति कामले मात्र पुगेको छैन । विद्यालयको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका साथै आफैँ थप प्रयोगात्मक कार्य गर्दै आउनुभएको छ । उहाँ बेमौसमी तरकारी उत्पादन गरेर छुट्टै व्यावहारिक कक्षामा पनि सहभागी भइरहनुभएको छ । 

जुनिचाँदे गाउँपालिका–७ का रमबहादुर पुन प्राविधिक धारअन्तर्गत तीनवर्षे बाली विज्ञानको दोस्रो वर्षमा पढ्दै आउनुभएको छ । उहाँ पनि पढ्ने मात्र नभएर दैनिक विद्यालयमा सैद्धान्तिक ज्ञानका साथै  प्रयोगात्मक कक्षामा नियमित सहभागी हुनुहुन्छ । पुनले दैनिक बिहान र बेलुका खेतबारीमै बसेर बेमौसमी तरकारी बाली उत्पादनसमेत गर्दै आउनुभएको छ । 

पुन र कुसारी मात्रै होइन, उक्त विद्यालयको प्राविधिक धारका ३६ जना विद्यार्थी पढाइका साथसाथै व्यावसायिक व्यावहारिक अभ्यासमा व्यस्त हुनुहुन्छ ।  विद्यालयको सैद्धान्तिक र प्रयोगात्मक कक्षापछिको फुर्सदको समयमा उहाँहरूले कृषि कर्ममा लगाउन थाल्नुभएको छ । 

कृषि जेटिए पहिलो वर्ष अध्ययन गर्दै आउनुभएकी नलगाड नगरपालिका–८ हल्चौरकी करुणा केसी भन्नुहुन्छ, “पढ्दै सिक्दै काम गरिरहेका छौँ, हामी पढ्नभन्दा पनि सीप सिक्न आएका हौँ,” करुणाले थप्नुभयो, “खेतबारीमा काम गर्दै पढ्दै गरेमा राम्रोसँग बुझिनाका साथै व्यवहारमा समेत लागू हुनेरहेछ ।” शिव मावि कालेगाउँले, त्रिभुवन मावि खलङ्गाको जग्गा र केही स्थानीयवासीका जग्गा भाडामा लिएर विद्यार्थीका लागि पढाइसँगै प्रयोगात्मक परीक्षासँगै आम्दानी गर्न थालेका छन् । उनीहरूले उत्पादन गरेको गोलभेँडा, काउली, आलु र अन्य बेमौसमी तरकारी बिक्री भइरहेको छ । 

आफूले उत्पादन गरेको तरकारी बिक्री गरेर विद्यार्थीले आम्दानी गर्नाका साथै विद्यालयलाई आम्दानीसमेत भएको प्रधानाध्यापक तिलकबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई विभिन्न ठाउँबाट तरकारीको बीउ र अन्य औजारसमेत सहयोग भएको छ, सहयोगी हातहरु बढ्दै छन्, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, भेरी नगरपालिका कृषि शाखाले सहयोग गर्दा हामीलाई काम गर्न सजिलो भएको छ,” उहाँले थप्नुभयो, “आफूले जे पढ्यौँ, त्यही काम गर्दै विद्यार्थी शिक्षा आर्जन गरिरहेका छन्, रमाउँदै पढ्दै र आम्दानी गर्दै गर्दा सँचिक्कै जीवन उपयोगी सीपसमेत आर्जन गरेका छन् ।” 

प्राविधिक धारतर्फका विद्यार्थीले समूह बनाएर तरकारी खेती र कुखुरापालन गरेका छन् । विद्यार्थीलाई उत्पादनमा जोड्न र सिकेको कुरा कार्यान्वयनका लागि हौसला प्रदान गर्न जग्गा भाडामा लिएर तरकारी खेती व्यवस्थापनको काम गरिएको प्रधानाध्यापक खत्रीले बताउनुभयो । ऊर्जाशील समय र उमेर सही काममा लगाउनु महत्वपूर्ण काम भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “सैद्धान्तिक साथै व्यावहारिक ज्ञान दिने उद्देश्यले विद्यार्थीलाई खेती गर्न प्रेरित गरीनु राम्रो उदाहरण हो ।” 

श्रमसँग मानिसको पद जोडिएको भन्दै नगरप्रमुख घर्तीले भन्नुभयो, “ काम गर्नुहोस्, बजेटको व्यवस्था हामी गर्छौं ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाँच लाख बराबरका विभिन्न वस्तु विद्यालयलाई उपलव्ध गराएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी