२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हेलो सिएम‘मा गुनासो आउन छाड्यो

२०७६, ७ बैशाख शनिबार ०५:३४

 वैशाख ६, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठ महीनामा सञ्चालन गरेको ‘हेलो सिएम‘ (हेलो मुख्यमन्त्री) कार्यक्रममा पछिल्लो समय जनगुनासो आउन छाडेको छ  । 

जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सरकारसँग जोडेर सुशासनको अनुभूति गराउने सोचअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो सिएम कार्यक्रम सञ्चालनको व्यवस्था गरिएको थियो । पछिल्लो समय गुनासो आउन छाडे पनि यो अवधिमा आएका जम्मा १६९ वटा गुनासोमध्ये १५२ गुनासाको फछ््र्यौट गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

सबैभन्दा बढी सडक पूर्वाधार र विद्युत्सम्बन्धी ६७ वटा गुनासो आएका थिए । सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, अख्तियार दुरुपयोग, कृषि, खानेपानी, वन पर्यटन, मूल्य वृद्धि नियन्त्रण, आर्थिक कारोवार र ट्राफिक व्यवस्थापनसम्बन्धी गुनासो पनि बढी सङ्ख्यामा आएका थिए । “आउने गुनासाको सम्बोधनका लागि सम्बन्धित निकायमा लेखी पठाउने गरेका छौँ”, मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी हरिदत्त भट्टले भन्नुभयो, “आएका गुनासोको सुनुवाइ कार्यान्वयन गर्ने सम्बन्धित निकायले गम्भीर रुपमा नलिएको कारण हेलो सिएम कक्षमा गुनासो आउन छाडेको हुन सक्छ ।” 

आएको गुनासो सम्बोधन गर्ने क्रममा अनुगमनको व्यवस्था हुन नसक्दा यसवाट सम्बन्धित सेवाग्राहीको गुनासो सुनुवाइ भयो वा भएन भन्ने विषयमा भने जानकारी हुन नसकेको बताइएको छ । कार्यक्रम शुरु भएको जेठ महीनामा ८८ र असारमा ३१ वटा गुनासो आएकामा त्यसपछिका महीनामा भने गुनासो आउने क्रम घट्दै गएको थियो । माघदेखि हालसम्म तीन÷चारजनाले मात्र गुनासो गरेको बताइएको छ । “यो अवधिमा आएका सबै गुनासा सम्बोधन गर्न सकिने अवस्था पनि थिएनन्”, मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता मानसिंह विष्टले भन्नुभयो, “सम्बोधन गर्न सकिने खालका गुनासाको सम्बोधन गराउन प्रयास गर्ने गरिएको छ ।”

हेलो सिएम कक्ष सञ्चालनसँगै प्रदेशका राजधानी शहर धनगढीको ट्राफिक व्यवस्थापनको समस्यासम्बन्धी पहिलो गुनासो आएको थियो । गुनासो सम्बोधनको प्रयास हेलो सिएम कक्षबाट भएको थियो । तर ट्राफिक व्यवस्थापनको अवस्थामा अझै सुधार नआएको गुनासो सर्वसाधारणको छ । “एक वर्षअघिको ट्राफिक व्यवस्थापन र अहिलेको ट्राफिक व्यवस्थापनमा सुधार भएको देखिँदैन”, स्थानीयवासी लेखराज ओझाले भन्नुभयो, “बजारमा यातायातका साधन र मानिसको आवागमन बाक्लो हुँदै जाँदा दुर्घटनाको जोखिम पनि बढेको छ ।” 

हेलो सिएम कार्यक्रम कायान्वयनका लागि स्थापना गरिएको कक्षमा जनगुनासो तथा सुझाव दिनका लागि पैसा नलाग्ने (टोल फ्री) टेलिफोन नं १६६०—९१५२७२३ को व्यवस्था गरिएको छ । हेलो सिएम कक्षमा दुर्घटना, विपद्सम्बन्धी घटना र उद्धारबारे, सार्वजनिक निकायबाट हुने सेवासुविधामा भेदभाव गरिएको वा वञ्चित गरिएको, सेवासुविधा पाउनमा बाधा अवरोध पु¥याइएको, सार्वजनिक निकायको गैरकानूनी कार्य वा त्यस्तो कार्यावाट कसैलाई हानि–नोक्सानी पुगेको लगायतका गुनासाका साथै सुझावसमेत राख्न सकिने व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो