२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको सामुदायिक वनमा लागेको डढेलो सेनाद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार १६:३८

वैशाख ७, भीमदत्तनगर । सामुदायिक वनमा लागेको डढेलो नेपाली सेनाको टोलीले नियन्त्रण गरेको छ । 

कञ्चनपुरको भीमदत्तनगरपालिका–३ तिलकपुरस्थित आज शहीद स्मृति सामुदायिक वनमा लागेको डढेलो यहाँस्थित नेपाली सेनाको सिंहशार्दूृल गुल्म भगतपुर ब्यारेकको टोलीले नियन्त्रणमा लिएको हो ।

  सिंहशार्दूल गुल्मका निमित्त गुल्मपति सहसेनानी कृष्ण भण्डारीको नेतृत्वमा गएको सैनिक टोलीले डढेलो नियन्त्रणमा लिएको हो । निमित्त गुल्मपति सहसेनानी भण्डारीले सामुदायिक वनमा लागेको डढेलो तीन घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

सैनिक टोलीसँगै सामुदायिक वन पदाधिकारी र स्थानीयवासीसमेत डढेलो नियन्त्रणमा जुटेका थिए । गर्मीबढेसँगै यहाँको राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा डढेलो लाग्ने क्रम शुरु भएको छ । केही दिनअघि पनि यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको केही भूभागमा लागेको डढेलो निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवी दल गण, मझगाउँ ब्यारेक र निकुञ्ज कर्मचारीले नियन्त्रणमा लिएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी