८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गामा नेविसङ्घद्वारा दुई लाखको अक्षय कोेष स्थापना

७ बैशाख २०७६, शनिबार १७:०७

वैशाख ७, ओखलढुङ्गा । नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले रु दुई लाख बराबरको अक्षय कोेष स्थापना गरेको छ ।

 नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेविसङ्घ स्थापना दिवसको अवसर पारेर एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षय कोेष स्थापना गरिएको हो । विद्यार्थीलाई अक्षय कोषको रकमबाट पुरस्कृत गरेर उच्च शिक्षाका लागि सहयोग गर्ने कार्ययोजनासहित अक्षय कोेष स्थापना गरेको नेविसङ्घ अध्यक्ष गोविन्द कोइरालाले बताउनुभयो । 

जिल्लाबाट एसईईमा सहभागीमध्ये उत्कृष्ट महिला एक , पुरुष एक, जनजाति एक, दलित एक र जेहेन्दार एक गरी पाँच जनालाई पुरस्कृत गरिने उहाँको भनाइ छ । रु दुई लाखबाट शुरु गरिएको कोषमा रकम बढाउन प्रयत्न गरिने र उक्त कोषबाट सहयोग गर्दै विद्यार्थीको हितमा अन्य कार्यक्रम ल्याउने योजना रहेको नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले जनाएको छ । 

नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले रामपुरमा आयोजना गरेको कार्यक्रमलाई काङ्ग्रेस नेताहरु बालकृष्ण दाहाल, टेकराज भट्टराई, कुमार लुइँटेल, रमेश तामाङ, दिलकुमारी खतिवडा, हेमकुमारी तामाङसहितका नेताले सम्बोधन गर्नुभएको थियो । नेताहरुले नेविसङ्घलाई एक ढिक्का बनाएर अघि बढ्ने बताउनुभयो । 

ओखलढुङ्गामा पछिल्लो समय काङ्ग्रेसका नेताको गुटगत राजनीतिले नेविसङ्घ दुई धुव्रमा देखिएको छ । संस्थापन शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताले आफू निटकका विद्यार्थीलाई समेटेर अधिवेशनकै समयदेखि २ वटा समिति बनाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता