२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

यस्तो विद्यालय: जहाँ भ्रमण गर्न समय लिनुपर्छ

१० बैशाख २०७६, मंगलवार ११:२५

चिसाङ शेर्पा | बैशाख १०, खोटाङ | बन्द पश्चात २०६२ सालदेखी शुभद्रा–मदन फाउण्डेसनले सरकारी प्रक्रिया पूरा गरी पुनः सञ्चालनमा ल्याएको जन जागृती आधारभूत  विद्यालयमा अहिले भ्रमण गर्नेको संख्या बढ्न थालेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा डाँडागाउँमा अवस्थित  विद्यालयलाई फाउण्डेसनले हातमा लिएर पुनः स्थापनागरी संम्भवतः नेपालको हकमा पहिलो जीवनमुखी शिक्षाको केन्द्रविन्दु बनाएपछि दिनानु दिन भ्रमण गर्नेको संख्या बढ्न थालेको हो ।


पुस्तक भन्दा व्यावहारिक शिक्षामा जोड दिएको विद्धालयमा गाई, भैंसी, घोडा, बाख्रा, कुखुरा, परेवा, माछा पाल्न, बारी खनजोत गर्न, गाई भैसीको मलमुत्र बनाउन, सागसब्जी गोडमेल गर्न, खाना पकाउन÷खान, भाडाकुंडा माझ्न, गाडी, कम्प्युटर बनाउन÷चलाउन, कपडा सिलाउन, शाररिक व्यायाम गर्न, गीत÷संगीत सिक्न, वाध्यबादन बजाउन, नृत्य गर्न, कराते खेल्न, गमला सजाउन, मानवीय मलमुत्रबाट प्राङगरिक मल बनाई तरकारी उत्पादन गर्न, पाहुनाालाई स्वागत सत्कार गर्न लगायतका मानवीय जीवनमा अनिवार्य मानिएका विषयहरुको प्रत्यक्षरुपमा शिक्षा दिदैं आएको विद्धालयमा शैक्षिक भ्रमण, कृषि भ्रमण र औधोगीक भ्रमण गर्नेको चाप उल्लेखनीय रुपमा बढेको शुभद्र–मदन फाउण्डेसनका प्रवन्ध निर्देशक सुर्य बहादुर राईले बताए । त्यसमा पनि वैकल्पिक शिक्षाको खोजीमा जिल्लाभीत्र र वाहिरका विधार्थी, शिक्षक, विद्धालय व्यवस्थापन समिति पदाधिकारी सवैभन्दा वढी शैक्षिक भ्रमणमा आउने गरेका छन् । उनीहरु विधार्थीले पालेको चौपाया, पशुपंक्षी देखी कृषि खेतीसम्म हेरेर फर्कने गरेका छन् ।

वैकल्पिक शिक्षा, जीवन उपयोगी शिक्षा कसरी संम्भव छ भनेर जिल्लाभीत्र, बाहिरकाहरु गाडी रिर्जभ गरेर त्यहाँ आउने गरेका छन् । विधार्थी वाहेक ५० जना पाहुना अटाउन सक्ने क्षमता भएको विद्धालयमा पछिल्लो समय भ्रमणमा आउनेले सूचना नगरी आईदिंदा व्यवस्थापन गर्न असहज भएको प्रवन्ध निर्देशक राईले बताए । वैकल्पिक शिक्षाको खोजीमा यति धेरैको संख्यामा विद्धालय भ्रमण, अवलोकनमा आउनु गौरवको विषय हो । 

तर  यो हलेसी, भुलभुले, रुपाकोटजस्तो हैन । आयो भ्रमण गर्यो, गयो । बिहानदेखी बेलुकासम्मको भ्रमणपछि समिक्षा, छलफल गर्न आवश्यक छ । अनि मात्रै यहाँको विस्तृत कुरा थाहा हुन्छ । उनले भने, ‘समय, बाँस र खानाको व्यवस्थापन गर्न हामीलाई पनि सहज हुनुपर्छ । त्यसैले भ्रमणमा आउनेलाई हामीले रुटिङ अनुसार आउन सल्लाहा दिने गरेका छौ । कतीपय टोली अहिले पनि होल्डमा हुनुहुन्छ ।’   

नेपालको पुर्व मेचीदेखी पश्चिम महकालीसम्म ५० जिल्लाका विधार्थी अध्ययन गर्ने विद्धालयमा कक्षा ७ सम्म शैद्धान्तिक र प्रयोगात्मक एकैसाथ जीवनमुखी शिक्षा प्रदान गर्दै आएकाले भ्रमण गर्नेको संख्या दैनिक बृद्धि हुने गरेको छ । आफूले स्थापना गरेको विद्धालय जीवन सिकाउने थलो भएकाले कुनै पनि व्यक्ति सवै कुरामा बोल्ने जान्ने, लेख्न जान्ने, काम गर्न जान्ने, आफू सिपालु र ज्ञानी भएर बाँच्न सकोस भन्ने उद्देश्यले विद्धालय स्थापना गरिएको र यहि गरिरहेको फाउण्डेसनका अध्यक्ष मदन राईले बताए ।

शिक्षा रुपान्तरणका लागि निरन्तर क्रियाशिल उक्त विद्धालय पर्यटकीय गन्तब्य स्थलको रुपमा समेत स्थापित हुंदै गएको छ । सार्वजनिक विदा तथा शनिवार अधिकांश मानिस विद्धालय भ्रमण गर्दै सेल्फि खिच्न पुग्ने गरेका छन् । बैकल्पिक शिक्षा र जीवन उपयोगी शिक्षा दिनका लागि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयरामघाटमा अवस्थित दुधकोशी आधारभुत विद्धालयमा यहि मोडेलको विद्धालय चाडै स्थापना गरिने तयारी भएको छ । यस्तै, ताप्लेजुङ, तेह्रथुम, मुस्ताङमा पनि यहि मोडेलका विद्धालय विस्तार गर्ने सल्लाहा भइरहेको फाउण्डेसनले जनाएको छ । १२ सय रोपनी क्षेत्रफलमा उक्त फाउण्डेसनद्धारा हाल प्रयोगात्मक र सैद्धान्तिक शिक्षा दिइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य