२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पुराना गाउँका थापाको हत्याको आरोपमा ३ जना पक्राउ

२०७२, ११ कार्तिक बुधबार २१:३२

प्रज्वल
पौडेल/कात्तिक १२, रामेछाप ।
रामेछापको पुरानागाउँ गाविस ५ का क्षेत्रबहादुर थापाको हत्या
आरोपमा पक्राउ परेकाहरुलाइ ३ जनालाइ जिल्ला अदालत रामेछापमा पेस गरिएको छ ।

दशैँको फूलपातीको दिन मृत अवस्थामा भेटिएका थापालाइ भीरबाट खसालेर हत्या गरिएको भन्दै
पुरानागाउँ गाविस ६ का १८ वर्षीय राजकुमार गिरी, पुरानागाउँ ५ का १४ वर्षीय शिव पुरी र १३ वर्षीय
रामबाबु पुरीलाई अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला अदालत रामेछापमा पेस गरिएको हो । अनुसन्धानको
क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

कात्तिक १ गते घरबाट निस्किएका थापा सोही दिनबाट हराएका थिए । खोजीको क्रममा उनको कात्तिक ३
गते फूलपातीको दिन शव भेटिएको थियो । प्रहरीका अनुसार स्थानीय दिनेश गिरीसँग थापाको रिसिइवीको कारण
हत्या भएको पक्राउ परेका युवाहरुको भनाइ छ ।

घटनाका मुख्य आरोपी
दिनेश भने फरार छन् । आरोपीहरुले थापालाई भिरबाट लडाइ सकेपछि सर्टले घाँटीमा पासो लगाएर हत्या गरेको
बयान दिएको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । उनीहरु माथि कर्तव्य ज्यान अन्तर्गत मुद्दा
चलाइने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से