२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पुराना गाउँका थापाको हत्याको आरोपमा ३ जना पक्राउ

११ कार्तिक २०७२, बुधबार २१:३२

प्रज्वल
पौडेल/कात्तिक १२, रामेछाप ।
रामेछापको पुरानागाउँ गाविस ५ का क्षेत्रबहादुर थापाको हत्या
आरोपमा पक्राउ परेकाहरुलाइ ३ जनालाइ जिल्ला अदालत रामेछापमा पेस गरिएको छ ।

दशैँको फूलपातीको दिन मृत अवस्थामा भेटिएका थापालाइ भीरबाट खसालेर हत्या गरिएको भन्दै
पुरानागाउँ गाविस ६ का १८ वर्षीय राजकुमार गिरी, पुरानागाउँ ५ का १४ वर्षीय शिव पुरी र १३ वर्षीय
रामबाबु पुरीलाई अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला अदालत रामेछापमा पेस गरिएको हो । अनुसन्धानको
क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

कात्तिक १ गते घरबाट निस्किएका थापा सोही दिनबाट हराएका थिए । खोजीको क्रममा उनको कात्तिक ३
गते फूलपातीको दिन शव भेटिएको थियो । प्रहरीका अनुसार स्थानीय दिनेश गिरीसँग थापाको रिसिइवीको कारण
हत्या भएको पक्राउ परेका युवाहरुको भनाइ छ ।

घटनाका मुख्य आरोपी
दिनेश भने फरार छन् । आरोपीहरुले थापालाई भिरबाट लडाइ सकेपछि सर्टले घाँटीमा पासो लगाएर हत्या गरेको
बयान दिएको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । उनीहरु माथि कर्तव्य ज्यान अन्तर्गत मुद्दा
चलाइने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…