२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

७३ वर्षमा नागरिकता, बल्ल पाइने भो भत्ता !

२०७६, १३ बैशाख शुक्रबार ०९:५८

वैशाख  १३, डोटी | कुनै बेला नागरिकता नपाएर छटपटिनुभएका  जिल्लाको जोरायल गाउँपालिका–२ का पुरनसिंह खत्री हिजोआज निकै खुशी हुनुभएको छ । जीवनको उत्तरार्धमा पुग्नुभएका खत्रीले लामो समयपछि नेपाली नागरिकता पाउँदा खुशी हुनुभएको हो । 

जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको सहकार्यमा उहाँकै घर नजिक एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि उहाँले ७३ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको हो । नातिनातिनाले नागरिकता पाए पनि उहाँले नागरिकता लिन जिल्ला सदरमुकाम सिलगढीसम्म जान नसक्दा अहिलेसम्म नागरिकता पाउनुभएको थिएन । एकीकृत घुम्ती शिविरले घरैमा नागरिकता दिएपछि खुशी हुनुभएका खत्रीले भन्नुभयो, “अरु कुरो त छोडौँ नागरिकता नपाएरै मर्छु भन्ने सोचेको थिएँ, नागरिकता घरैमा दिए दिनेलाई धन्यवाद ।”

नागरिकता पाएसँगै खत्रीले अब सामाजिक सुरक्षाभत्ता अर्थात् वृद्धभत्ता पनि सहजै पाउनु हुनेभएको छ । नागरिकता नभएर भत्ता नपाउँदा आफ्नो जीवन निर्वाह गर्न निकै समस्या भएको बताउँदै खत्रीले भन्नुभयो, “नागरिकता पाएँ, अब मर्ने बेला सरकारको पैसा पनि खान पाउने भएँ, योभन्दा अरु खुशी के नै होला र ?” खत्रीले घरैमा नागरिकता पाएसँगै उहाँको परिवारमा पनि खुशियाली छाएको छ । 

उक्त गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरमा ४७५ महिला र ३५३ पुरुष गरी ८२७  अन्य नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । नागरिकता लिनका लागि जिल्लासम्म आउन नसक्ने अवस्थाका सो गाउँपालिकाका केही स्थानीय बूढापाका घरैमा नागरिकता पाएसँगै हर्षितसमेत भएका छन् । 

जनताको घरदैलोमा सरकारको उपस्थिति गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी तथा शिविरका संयोजक टेकनारायण पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्षरूपमा सेवा पुगोस् भनेर हामीले घुम्ती शिविर सञ्चालन गर्दै आएका छौँ, नागरिकले पनि घरैमा सेवा पाएर सरकार भएको अनुभूति गर्न थालेका छन् ।” 

गाउँपालिकामा मङ्गलबारदेखि सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा जिल्लामै सबैभन्दा बढी अर्थात् ठूलो परिमाणमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नुका साथै अन्य सेवा पनि उपलब्ध गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालन भएका शिविरमध्ये हाम्रो गाउँपालिकामा सबैभन्दा बढी नागरिकले नागरिकता पाएका छन्, यो आफैँमा राम्रो पक्ष हो ।” 

जिल्ला प्रशासन कार्यालय डोटीले दिएको जानकारीअनुसार शिविरमा ८२७ ले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, ६९ को स्वास्थ्योपचार तथा चेकजाँच, ६२ जनाले आयुर्वेद सेवा, १३३ ले पशुसेवा, ६० ले कृषि सेवा पाएका छन् । 

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच सहकार्य गरेर डोटीमा पहिलोपटक बोगटान गाउँपालिकाबाट शुरु गरिएको एकीकृत घुम्ती शिविर क्रमशः सायल गाउँपालिका, आदर्श गाउँपालिका हुँदै चौथो स्थानीय तहको रुपमा जोरायल गाउँपालिकामा सञ्चालन गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म