बैशाख १४, जनकपुर–सप्तरीमा एक महिलाले जेठाजुको जीउमा तातो माड खन्याएर घाइते बनाएका बनाएकी छिन् ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी ४५ वर्षीय रामकुमार मण्डल खंगलाई बुहारीले तातो माड जीउमा खन्याएकी हुन् ।

घाइते रामकुमारको अहिले सागरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नाला सफा गर्ने विषयलाई लिएर जेठाजु र बुहारी बीच भनाभन हुँदा रिसको झोकमा खाना बनाइरहेकी ३५ वर्षकी भुलीदेवी मण्डल खंगले जेठाजु रामकुमारलाई माड खन्याइदिएकी थिएन् ।

प्रहरीले भुली देवीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

Related News