बैशाख १४, सर्लाही । सर्लाहीमा आज पौडी खेलने क्रममा नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
विजय माझीका ५ वर्षीय छोरा विकास माझीको ईश्वरपुर नगरपालिका–९ कुरैनियाका घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो भने बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त परियाको ज्यान गएको हाे ।
गर्मी छल्न बालबालिकाहरु दिउसो नदी, खोला तथा पोखरीमा पौडी खेल्न जाने गरेका छन्। उनीहरू दुवैको यसै क्रममा पौडी खेल्दै गर्दा ज्यान गएको हो । पोष्टमार्टमका लागि दुवै बालकको शव जिल्ला अस्पताल मलंगवा पठाइएको छ।