२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा आगलागीबाट १५ लाखको क्षति

२०७६, १४ बैशाख शनिबार १५:२३

वैशाख १४, लमही । दाङको गढवा गाउँपालिकाको एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । गढवा गाउँपालिका–५ मा आज खजरौटाको भगवानदास यादवको घरमा आगलागी भएको हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

आगलागीबाट रु १४ लाख ५० हजार बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदबिक्रम शाहले जानकारी दिनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले बताएको छ । 

आगलागिबाट यादवको घर तथा नजिकै रहेको गोठ पूर्ण रुपमा क्षति भएको छ । सो अवस्थामा घरका कोहीपनि नभएकाले कुनै पनि सामानबाहिर निकाल्न नसकिएको पीडित यादवले बताउनुभयो । आगलागीबाट विदेश जान भनी बैंकबाट निकालिएको नगद पाँच लाख, गरगहना, लत्ताकपडा, खाद्यान्न, फर्निचर, काठलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । 

समयमै प्रहरी र नगरपालिकाको फोन नउठाउनुका साथै गर्मीको समयमा स्थानीय बासिन्दाहरु नजिक गएर आगो निभाउन नसक्ने अवस्था भएपछि घर पूर्ण रुपमा नष्ट भएको छ । लामो समयपछि प्रहरीले आफैले फोन गरेपछि आगलागी थाहा भएको केही समयमा घटनास्थलमा पुगेपनि त्यति बेलासम्म घर जलेर नष्ट भइसकेको थियो । देउखुरीको राजपुर र गढवामा प्रायः खरले छाएका घर भएकाले पनि आगलागीका जोखिमहरु बढ्ने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी