२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सेनाको सहयोगमा पुस्तकालय स्थापना

२०७६, १५ बैशाख आईतवार १२:२२

नरी बडु,  बैशाख १५, बैतडी । बैतडी स्थित नेपाली सेनाले स्थानीय दशरथचन्द माविलाई पुस्तकालय स्थापना गरेर हस्तान्त्रण गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग होस भन्ने उद्देश्यले नेपाली सेनाको शत्रुमर्दन गुल्मले दशरथचन्द नगरपालिका ५ सुन्दरखालीमा रहेको उक्त विद्यालयलाई पुस्तकालय स्थापना गरिदिएको हो । 


सबै क्षेत्रको अध्ययनका लागि सहयोगी होस भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको   गुल्मपति, सेनानी प्रेमबहादुर गिरीले जानकारी दिनुभयो । सेनाले निर्माण गरेको पुस्तकालयमा विभिन्न प्रकारका पुस्तकहरु राखिएका छन् । आइतवार एक औपचारिक कार्यक्रमका साथ उक्त पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरिएको थियो । पछिल्लो समय नेपाली सेनाले सैनिक र नागरिकको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले सामाजिक कार्य समेत गर्दै आएको छ । सेनाले यसअघि बैतडीको पञ्चेश्वर र सुर्नया गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्नुका साथै बैतडीका विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दलको तालिम पनि दिदै आएको छ ।

फोटो : सेनाले हस्तान्त्रण गरेको पुस्तकालयमा पुस्तक हेर्दै जिल्ला स्थित सरोकारवाला 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी