२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ताराखोलाको परीक्षण उत्पादन सफल

२०७६, १५ बैशाख आईतवार १३:०५

वैशाख १५, बागलुङ । जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुनेछ । 

विद्युतीकरणका लागि तार विस्तार, मिटर जडानलगायतका काम भइरहेको ताराखोला जलविद्युत् लिमिटेडले जनाएको छ । “विद्युत्गृहको परीक्षण सफल भयो”, आयोजनाका इञ्जिनीयर दिलबहादुर थापाले भन्नुभयो, “अब वितरणको काम बाँकी छ ।”

सिभिल र इलेक्ट्रोमेकानिकलतर्फको काम पूरा भएपछि आयोजनाबाट शनिबार परीक्षण उत्पादन गरिएको थियो । रु १८ करोडको लागतमा बन्ने आयोजनाले ‘उज्यालो गाउँपालिका’ को लक्ष्य पूरा हुने जनाइएको छ । 

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान उपलब्ध गराएको छ । यस्तै गाउँपालिकाका एक हजार ६९१ जनाले शेयर हालेका छन् । लागत थप बढ्नसक्ने अनुमान गरिएको छ ।

गाउँपालिकाका पाँच वटै वडाका दुई हजार २०० घरधुरीमा विद्युत् पु¥याउने आयोजनाको शुरुको लक्ष्य थियो । वडा नं १ को अमरभूमिमा केन्द्रीय विद्युत् पुगेपछि उपभोक्ता घटेर एक हजार ७०० पुगेका छन् । प्रत्येक घरधुरीबाट न्यूनतम रु १५ हजारका दरले शेयर उठाइएको छ । 

“सक्नेले बढी पनि हाल्नुभएको छ”, आयोजनाका अध्यक्ष हिमाल विकले भन्नुभयो, “गाउँपालिका बाहिरबाट कसैको शेयर छैन ।” परीक्षण उत्पादन सफल भए पनि घरघरमा विद्युतीकरण गर्न अझै केही महीना लाग्ने उहाँको भनाइ छ । 

ग्राहकको घरमा ‘स्मार्ट मिटर’ जडान गर्ने आयोजना व्यवस्थापनको तयारी छ । पहिले सामुदायिक ढाँचाको आयोजना पछि कम्पनीमार्फत अघि बढेको थियो । विसं २०६८ मा निर्माण शुरु भए पनि लगानी, कामदार अभाव, ढिलासुस्तीजस्ता कारणले आयोजना पछि धकेलिएको हो । 

कामै रोकिएर आयोजना अलपत्र परेपछि व्यवस्थापनसमेत फेरिएको थियो । केन्द्रबाट अनुदान स्वीकृत भएपछि कामले गति लिएको इञ्जिनीयर थापाले बताउनुभयो । पहिलो किस्ता अनुदान रु एक करोड ८२ लाख र दोस्रो किस्ता रु एक करोड ८९ लाख आयोजनाले पाइसकेको छ । कामको प्रगतिका आधारमा बाँकी रकम उपलब्ध हुने जनाइएको छ ।

स्थानीय धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई पाइपलाइनमार्फत वडा नं ५ कै धस्मरमा रहेको विद्युत्गृहमा ल्याइएको छ । हिउँदमा ३८० किलोवाट विद्युत् उत्पादन हुने भए पनि वर्षायाममा ५०० किलोवाटसम्म विद्युत् उत्पादन हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी