२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

जगदीश घिमिरेको दोस्रो स्मृति सभा सम्पन्न

१४ कार्तिक २०७२, शनिबार ०४:३०

प्रज्वल पौडेल/काjagadhish ghimireत्तिक १४, रामेछाप
मदन पुरस्कार तथा उत्तम शान्ती पुरस्कार विजेता साहित्यकार जगदीश घिमिरेको दोस्रो स्मृति सभा
सदरमुकाम मन्थलीमा आज सम्पन्न भएको छ ।

स्मृतिसभालाइ सम्वोधन
गर्दै वक्ताहरुले साहित्यकार जगदीश घिमिरेले साहित्यसँगै रामेछापको आर्थिक, सामाजिक विकासमा पु¥याउनु
भएको महत्वपूर्ण योगदान गरेको चर्चा गरेका थिए ।

घिमिरे राष्ट्रिय तथा अन्र्तराष्ट्रिय
गैह्रसरकारी संस्थाहरुमा उहाँको लामो सम्लग्नता रहेको थियो जस मार्फत रामेछाप जिल्ला लगाएत विभिन्न
स्थानको सामुदायिक विकासमा ठूलो सहयोग पु¥याएका थिए । मल्टिमाइलोमा क्यान्सरवाट पिडित घिमिरेको दुइ वर्ष
अघि कात्तिक १४ गतेका दिन उपचारका क्रममा काठमाण्डौको ओम अस्पतालमा निधन भएको थियो ।

घिमिरेका झण्डै एक दर्जन प्रकाशित साहित्य कृतिमध्ये अन्तर्मनको यात्रा, सकस,
साविती चर्चित संग्रहहरु रहेका छन् । साहित्यकार घिमिरे विं स. २००२ साल चैत्र २८ गते रामेछापको
मन्थलीमा जन्मनुभएको थियो । स्मृतिसभामा जिल्ला स्थित राजनैतिक दल, साहित्यकार, पत्रकार, नागरिक समाजको
उपस्थिती रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले घिमिरेको फोटोमा
माल्याअर्पण गर्दै श्रद्धा सुमन व्यक्त गरेका थिए । तामाकोशी सेवा समितिको आयोजनामा भएको स्मृति सभा
तामाकोशी सेवा समितिका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन