२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बुबा आमाको स्मृतिमा रु पाँच लाखको कोष स्थापना

२०७६, १६ बैशाख सोमबार ०८:१७

 वैशाख १६, बेनी । म्याग्दी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका इञ्जिनीयर चन्द्रकुमार सुवेदीको परिवारले आफ्नो दिवङ्गत बुबा आमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । 

स्वर्गीय बुबा खडानन्द र आमा केशरकुमारी शर्मा सुवेदीको स्मृतिमा सुवेदी परिवारले ‘खडानन्द केशरकुमारी शर्मा सुवेदी स्मृति प्रतिष्ठान’ दर्ता गरी रु पाँच लाख राशीको अक्षयकोष स्थापना गर्नुभएको हो । 

सो कोषको ब्याज रकमबाट स्थानीय ज्ञानोदय माविमा निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन, विद्यार्थीका लागि छात्रावृत्ति तथा पुरस्कारमा खर्चिने प्रावधान बनाइएको प्रतिष्ठानका सदस्य एवं विद्यालयका पूर्वप्रअ निलकण्ठ सुवेदीले जानकारी दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका इञ्जिनीयर सुवेदीले निजी स्रोतबाट मावि तह सञ्चालन भएको विद्यालयको शिक्षाको गुणस्तर सुधारमा चौतर्फी सहयोग पुगोस भन्ने उद्देश्यले कोष स्थापना गरिएको बताउनुभयो ।

उहाँले कोषको पूँजी विस्तारका लागिसमेत प्रतिष्ठानले समाजका अन्य सहयोग दाताहरुसंग आवश्यक समन्वय गर्ने बताउनभुयो । कोष स्थापनाकर्ता चन्द्रकुमार र सुधाकुमारी सुवेदी दम्पत्ति संरक्षक रहनुभएको सो प्रतिष्ठानका अध्यक्षमा विद्यालयका पूर्वप्रअ लक्ष्मीप्रसाद सुवेदी र सदस्य सचिवमा विद्यालयका प्रअ रहने गरी समिति गठन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको प्रतिष्ठानको उपाध्यक्षमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदेन सदस्य तथा कोषाध्यक्षमा विद्यालयका लेखापाल रहने व्यवस्था छ । त्यस्तै समितिको सदस्यमा बालकृष्ण सुवेदी, तारानाथ शर्मा, निलकण्ठ सुवेदी रहनुभएको छ । 

स्व खडानन्द सुवेदी ज्ञानोदय माविको विद्यालय व्यवस्थापन समितिको संस्थापक अध्यक्षसमेत रहनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी