२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

विजुली वलेपछि स्थानीय हर्षित

२०७६, १६ बैशाख सोमबार १६:१५

चिसाङ शेर्पा, बैशाख १६ खोटाङ | वर्षौदेखी अध्याँरोमा बस्दै आएका स्थानीयहरु केन्द्रीय प्रसारण लाईनको विजुली वलेपछि हर्षित भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा केन्द्रीय प्रसारण लाईनको विजुली वत्ती वलेसँगै स्थानीयहरु हर्षित भएका हुन् ।

नेपाल विधुत प्राधिकरण र गतवर्ष गाउँपालिकाले छुट्याइएको २० लाख बजेट अन्तरगत निर्माण सम्पन्न भएको केन्द्रीय प्रसारण लाईनको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले स्वीच थिचेर उद्घाटन गरेका छन् । उद्घाटन सँगै सोही दिन साँझबाट छितापोखरीका १ सय १० घरधुरीमा वत्ती वलेको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

यसअघि, सोलार तथा टुकीको भरमा बस्दै आएका स्थानीयको घरमा आजबाट चौविसै घण्टा केन्द्रीय प्रसारणको वत्ती वलेपछि दैनिक जनजीवनमा सहजता आएको छ । विजुली वलेपछि कम्प्युटर, इमेल, ईन्टरनेट चलाउन, टेलिभिजन हेर्न, मोवाईल चार्ज गर्न, कुटानी पिसानी गर्नलाई सहज भएको छ । अब, उक्त गाउँपालिकाको बतासे, याम्खा र छितापोखरीका केही भूभागमा विजुली वत्ती वल्न बाँकी छ । बाँकी रहेका स्थानहरुमा आगामी वर्षसम्म वत्ती विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म