२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

प्रहरीद्वारा अपहरित बालकको उद्धार, दुर्घटनामा एकको मृत्यु

२०७६, १७ बैशाख मंगलवार १२:१६

बैशाख १७, सप्तरी । बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ । 

गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका लक्ष्मणलाई प्रहरीले भारतको बिहार सितामढी कुम्भ सिवहरबाट गएराति उद्धार गरी राजविराज ल्याएको जनाएको छ । महादेवा गाउँपालिका–२ अकबरपुरका भोलेन्द्र यादवको बिहेमा जन्ती गएका उनका भाञ्जा लक्ष्मणको बिहे घरबाटै अपहरण भएपछि भोलेन्द्रले जिल्ला प्रहरी कार्यालयमा आइतबार उजुरी दिएका थिए ।

बालकको सम्बन्धमा अनुसन्धान तथा खोज तलाश गर्दा बालक हराई बेपत्ता नभई अपहरण भएको पत्ता लागेपछि प्रहरी टोली परिचालित गरी भारत बिहारबाट उद्वार गरी ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।

प्रहरीका अनुसार बालकको उद्धारका लागि प्रहरी उपरीक्षक विष्टकै कमाण्डमा सादा पोशाकका २३ जना प्रहरी परिचालित गरिएका थिए । अपहरणकारीलाई घेराउ गरेपछि सिबहरस्थित एक होटलमा ल्याई बालकलाई बेवारिसे अवस्थामा छाडेको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । बालकलाई उद्धार गर्नुअघि सप्तरी प्रहरीले नेपालका तीनलाई नियन्त्रणमा लिएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (तस्बीर संलग्न छ ।)

दुर्घटनामा एकको मृत्यु

मोटरसाइकलको ठक्करले घाइते एक साइकल यात्रीको आज मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६५ प १३१ नम्बरको मोटरसाइकलको ठक्करले घाइते साइकल यात्री शम्भुनाथ नगरपालिका–८ बस्ने ६५ वर्षीय हरिहर मण्डलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खडक नगरपालिका–७ स्थित भसराज मावि अगाडि पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले पछाडिबाट साइकललाई गए राति ठक्कर दिएको थियो । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी