बैशाख १८, नुवाकोट । ककनी गाउँपालिका ८ की ११७ वर्षीया बाटुली लामिछानेलाई मासिक १० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । स्वास्थ्योपचरा तथा पोषण खाद्यपदार्थमा खर्च गर्ने गरी उनलाई सो रकम दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए । गत माघदेखि अध्यक्ष लामाले लामिछानेको नाममा मासिक पाँच सय रुपैयाँ सहकारीमा जम्मा गरिँदै आइरहेका थिए ।

त्यसैलाई निरन्तरता दिँदै गाउँपालिकाले लामिछानेलाई आफ्नै जन्मदाता सम्झेर आर्थिक सहयोग गरेको अध्यक्ष लामाले बताए । ‘गाउँमा यस्ता ज्येष्ठ नागरिक बिरलै भेटिन्छन् । उनीहरुको सम्मानमा यस्ता कार्यक्रम ल्याउनु हाम्रो कर्तव्य हो,’ अध्यक्ष लामाले भने, ‘हामीलाई हुर्काउन हाम्रा आमाबाहरुले कति कष्ट सहनुप¥यो । त्यसैले मूल्य तिर्न गाउँपालिकाले थोरै भए पनि आर्थिक सहयोग गर्न लागेको हो ।’ याे समाचार भगवती लामाले नागरिकमा लेखेकी छन् ।

नुवाकोटकी ११७ वर्षीय बाटुली लामिछानेलाई मासिक १० हजार दिने निर्णय
Leave a Comment