२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

श्रमिकका लागि श्रमिक दिवस नै ‘खल्लो’

२०७६, १८ बैशाख बुधबार १५:२३

बैशाख १८, इलाम । आज १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर धुमाधामसँग मनाइयो । चिया श्रमिकका लागि भने आफ्नै दिवस पनि खल्लो भएको छ । श्रमिक पारिश्रमिककै लागि एक महीना यता आन्दोलनमा छन् । 

सरकारी चिया बगान र कारखानाका श्रमिकले सरकारले तोके बमोजिमको ज्याला नदिएको भन्दै चिया श्रमिक आन्दोलनमा नै उत्रिएका हुन् । 

आन्दोलनलकै कारण श्रमिकले आज सामान्य तरिकाले मात्र दिवश मनाए । दिवसको अवसरमा चिया श्रमिकले सामान्य अन्तक्र्रिया कार्यक्रम मात्रै गरेका छन् । 

चिया श्रमिक तथा अखिल नेपाल चिया मजदूर सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीले ज्यालाको माग पूरा नभएपछि दिवसमा समेत ज्यालाकै बारेमा छलफल भएको बताए । 

‘खासै हर्षोल्लासका साथ दिवस मनाइएन । तोकिएकै ज्याला नपाएपछि श्रमिक दिवस मनाउनुको औचित्य छैन’, रेग्मीले गएका वर्षका श्रमिक दिवसलाई सम्झदै भने, ‘हामी ¥याली तथा अन्य विभिन्न कार्यक्रम गरेर दिवस मनाउथ्यौँ तर यो वर्ष खास केही गरिएन ।’

सरकारले जारी गरेको ज्याला नपाएपछि काम नै छाडेर मजदूर आन्दोलनमा होमिएका हुन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलनमै रहने चेतावनीसमेत दिइरहेका छन् । 

‘हामीले ज्यालाकै मुद्दालाई लिएर चिया दिवस पनि मनाएनौँ । किनकि हामीलाई श्रमिकका रूपमा हेरिएकै छैन । त्यसैले चिया दिवसको अवसरमा पनि विरोध ¥याली निकाल्यौँ’, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ इलामका अध्यक्ष रमेश खड्काले भने, ‘हामीले अरू माग राखेकै होइन । सरकारले तोकेको ज्याला पाउँ । त्यसपछि हामी काममा फर्कन्छौँ ।’

सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला रु ३८५ तोके पनि श्रमिकले रु २६५ देखि रु ३०८ सम्म मात्र पाउँदै आएका थिए । 

उद्योगमा काम गर्ने श्रमिकलाई दैनिक रु ४२ थपेर रु ४२७ ज्याला तोकिएको छ । राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला रु ६ हजार ४६९ र मङ्गी भत्ता रु चार हजार ३८१ तोकिएको छ । 

यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐनसमेत कार्यान्वयनमा ल्याउन माग राखिएको छ । 

अहिले इलामका सरकारी स्वामित्वका चिया बगान इलाम चिया बगान, चिलिमकोट चिया बगान, कन्याम चिया बगान र सोक्तिम चिया बगानका श्रमिक काम नै ठप्प पारेर आन्दोलनमा छन् भने झापाका टोकला चिया बगान, बर्ने चिया बगान र बाह्रदशी चिया बगानका श्रमिक पनि काम छाडेर हड्तालमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने