२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार

१९ बैशाख २०७६, बिहीबार ०२:४५

वैशाख १९, सुर्खेत । जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । १४ गते राति २ बजेदेखि उच्च रक्तस्रावले अनमी नेपाली थला पर्नुभएको थियो ।

दाङ, घोराही उपमहानगरपालिका–१५ स्थायी निवासी ३३ वर्षीया अनमी नेपालीको उद्धारको पहल भइरहेका बेला ओदानचुली गाउँपालिका निवासी राजकला महतारा पनि सुत्केरी भएर समस्या भएपछि थप उपचारका लागि प्रदेश अस्पातल सुर्खेतमा ल्याइएको सामाजिक विकासमन्त्री रावलले बताउनुभयो ।

अनमी नेपालीको तीन महीना पहिले गर्भ खस्दा औषधि गरेर आफ्नो कार्यक्षेत्र हुम्ला मेल्छाम स्वास्थ्य चौकीमा फर्किनुभएको थियो । यता सुत्केरी व्यथा लागेकी महतारा बच्चा जन्मन नसक्दा मङ्गलबारदेखि पीडा सहेर बस्नुभएको थियो ।

उपचारका लागि दुवैलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ । नेपाली र महताराको स्वास्थ्योपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले जानकारी दिनुभयो । 

मन्त्री रावलले केही समयका लागि हेलिकप्टरबाट उद्धार गरिए पनि प्रत्येक स्थानीय तहमा एक÷एक वटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरेर एक÷एक जना विशेषज्ञ चिकित्सक राख्ने बताउनुभएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र त्यहाँबाट सम्भव नभएको खण्डमा प्रदेश सरकारले आफ्नै खर्चबाट भए पनि त्यस्तो सेवा उपलब्ध गराउने योजना बनाएको मन्त्री रावलको भनाइ छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य