नुवाकोटमा टायरले लाग्दा दुई जना घाइते

Posted on: 02 May, 2019

 वैशाख १९, विदुर । नुवाकोटको विदुर नगरपालिका–५ मा टायर कान्लाबाट अचानक गुडेर आउँदा मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।  पीपलटारबाट बट्टारतर्फ आउँदै गरेको बा ६७ प,५५७९ नम्बरको मोटरसाइकल माझीटारस्थित सडकमा आफ्नै लेनमा गुडिरहेका समयमा टायरले मोटरसाइकललाई ठक्कर दिई सडक तल खसालेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । 

दुर्घटनामा परी चालक ४९ वर्षीय जयराम मगर सामान्य घाइते र पछाडि सवार ४० वर्षीया मखमली थापा मगर गम्भीर घाइते भएको बताइएको छ ।  प्रहरीका अनुसार घाइते जयराजको विदुरस्थित चक्रदेव पोलिक्लिनिकमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!