२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

काफल बेच्दै वर्ष दिनको खर्चको जोहो गर्दै डोटीका स्कुले बालबालिका

२१ बैशाख २०७६, शनिबार १२:३९

बैशाख २१, डोटी । पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ । वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ । काफल पाक्न शुरु भएसँगै यहाँको अत्तरिया र स्याउले जोड्ने भीमदत्त राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्रमा काफलको व्यापार बढ्न थालेको हो ।

यहाँका गैरा, बुडर सहजपुर, चौरानब्बे, रुपसकाँडा, गोगनपानीलगायत बजार क्षेत्रमा वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रति गिलास रु १० देखि रु २० सम्ममा बिक्री गरिरहेका भेटिन्छन् । 

यहाँका बालबालिका काफल हुने याममा वर्षैपिच्छे काफल सङ्कलन गरी बिक्री गर्दै आफ्नो स्कुलको पढाइखर्च जुटाउने गरेको गोगनपानीकी पवित्रा खत्री दाहालले बताइन् ।

उनले भनिन्, ‘केटाकेटीको स्कुल बिहान लाग्ने गरेकाले उनीहरू बिहान स्कुल जान्छन् र दिउँसोे जङ्गलमा गएर काफल टिपी ल्याउँछन् र साँझसम्म बेचेर स्कुलको खर्च तथा घर खर्च जुटाउन थालेका छन् ।’

यहाँका राजमार्गमा दिनहुँ सयांै गाडी ओहरदोहर गर्ने भएको र त्यत्तिकै मात्रामा यात्रु पनि आवतजावत गर्ने भएकाले बालबालिकाले सङ्कलन गरेका काफल बिक्रीमा समस्या नहुने गरेको स्थानीयवासी बताउँछन् । 

यहाँका राजमार्ग क्षेत्रमा काफल बेच्ने बिक्रेताले राम्रो आम्दानी गर्न थालेको जोरायल गाउँपालिका–२ स्थित रूपसकाँडाका भरत कुँवरले बताए । काफलबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका अधिकांश बालबालिका अहिले काफल व्यवसायमा लागेका अर्का स्थानीयबासी ज्ञानु मल्लले बताइन् ।

उनले भनिन्, ‘आम्दानी पनि हुने घरको खर्चपनि चल्ने भएकाले बालबालिका काफल व्यवसायमा आर्कषित भएका हुन् ।’ काफल पाक्ने समयमा डोटीमा ठूलो मात्रामा असिना परेकाले जङ्गलमा योवर्ष खासै काफल नभएको स्थानीयवासी बताउँछन् । 

असिनाले वैशाखमा पाक्ने काफलमा ठूलो क्षति प¥याएका कारण काफल खोज्न अलि टाढाको जङ्गल जानुपर्ने र काफल टिप्न दिनभरी नै लाग्ने गरेको सहजपुरमा काफल बेच्दै आएकी मीना साप्कोटाले बताइन् । 

उनले भनिन्, ‘पहिलेको जस्तो काफल योवर्ष छैन सबै असिनाले झारिसक्यो, टाढा÷टाढा जानुपर्छ दिनभरीमा काफल टिपेर फर्किदा अबेर हुनेभएकाले अर्को दिन बेच्नुपर्ने हुन्छ ।’ यहाँका स्कुले केटाकेटीले शुक्रबार र शनिबार दिनभरीमा काफल टिपेर बिक्री गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला