२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको एक विद्यालयमा पूर्वविद्यार्थीद्वारा ५० लाखको अक्षयकोष स्थापना

२४ बैशाख २०७६, मंगलवार ०६:०२

 वैशाख २४, गलकोट । बागलुङ जिल्लाको एक विद्यालयमा गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्न पूर्व विद्यार्थीद्वारा रु ५० लाखको अक्षयकोषको स्थापना गरिएको छ । बागलुङ नगरपालिका–१२ बलेवा अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा मल्टिमिडिया, ई–पाटी, कम्प्युटर ल्याव तथा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन दक्ष जनशक्ति व्यवस्थापनका लागि अक्षयकोषको स्थापना गरिएको हो । 


विद्यालयमा पूर्वविद्यार्थीको सहयोगमा रु ३५ लाखको लागतमा सञ्चालनमा ल्याइएको मल्टिमिडिया, कम्प्युटर ल्याव, ई–पाटी तथा विज्ञान प्रयोगशालामा विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गर्नका लागि दक्ष जनशक्ति व्यवस्थापनका लागि अक्षयकोषको स्थापना गरिएको विद्यालयको पूर्वविद्यार्थी सङ्घका अध्यक्ष डा हेमराज शर्माले बताउनुभयो । विद्यालयमा आधुनिक प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि जनशक्तिको अभावमा कम्प्युटर ल्याव, ई–पाटी, विज्ञान प्रयोगशाला र मल्टिमिडिया सेन्टर प्रयोगमा ल्याउन सकिएको थियो ।

 “हामीले विद्यालयमा किताबी ज्ञानबाहेक संसारसँग जोडेर ज्ञान लिन सक्ने प्रविधिको व्यवस्था गरेका छौँ”, शर्माले भन्नुभयो, “यसलाई व्यवस्थित तथा दिगो बनाउन अक्षयकोषले मद्दत गर्दछ ।” अक्षयकोषबाट प्राप्त ब्याजले प्राविधिक शिक्षक तथा विद्यालयमा भएको सबै प्रविधिको मर्मतसम्भार गरिनेछ । शर्माका अनुसार मल्टिमिडियाको प्रयोगले संसारको जुनसुकै विद्यालयमा अध्यापन भइरहेको शिक्षालाई विद्यालयसँग जोड्न मिल्नेछ । 

विद्यालयलाई जिल्लाकै नमूना प्रविधिमैत्री विद्यालय बनाउन पूर्वविद्यार्थीले ठूलो योगदान गरेको विद्यालयका प्रधानध्यापक प्रेम चापागाईंले बताउनुभयो । पूर्वविद्यार्थीले स्थापना गरेको रु ५० लाखको चेक सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विद्यालयलार्ई हस्तान्तरणसमेत गरिएको थियो ।

 विद्यालयमा स्थानीय समाजसेवी स्व हिरण्यप्रसाद ढकालको स्मृतिमा उहाँकी धर्मपत्नी जानुका ढकाल र उहाँका छोरा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा उद्यमी चन्द्र ढकाल र हेमराज ढकालद्वारा रु छ करोड २४ लाखको लागतमा १६ कोठे अपाङ्गमैत्री आधुनिक विद्यालयसमेत निर्माण सम्पन्न भएको छ । सुविधासम्पन्न भवनबाट प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि पूर्वविद्यार्थीले सक्रियाता देखाएका हुन् । 

अमलाचौरको एक मात्र माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउन ढकाल परिवारले भौतिक तथा पूर्वविद्यार्थीले प्रविधिको सहयोग गर्नाले विद्यालयलाई गुणस्तरीय आधुनिक शिक्षा प्रदान गर्न ठूलो मद्दत पुग्ने प्रधानाध्यापक चापागार्इंको भनाइ छ । कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा हाल ३८८ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै