२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा महिलामाथि हुने हिंसा बढ्दै

२४ बैशाख २०७६, मंगलवार ०६:१२

वैशाख २४, कञ्चनपुर । पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ ।

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सोमबार स्थानीय तहमा महिला विकाससम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण कार्यक्रममा आयोगका उपसचिव मीरा सेरचनले नेपालको सामाजिक संरचना, मूल्य, मान्यता तथा सोचका कारण पुरुषमा हुने हिंसाभन्दा पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दो रहेको बताउनुभयो ।

 उहाँका अनुसार आयोगमा चालू आवको हालसम्म आर्थिक हिंसाका ६४९, शारीरिक हिंसाका ५८५ र मानसिक हिंसाका ४५९ उजुरी दर्ता भएका छन् । आयोगमा परेका उजुरीमध्ये घरेलु हिंसाका मात्रै ८३ प्रतिशत उजुरी छन् । महिला हिंसाका १७ प्रतिशत उजुरी दर्ता भएको उपसचिव सेरचनले बताउनुभयो ।

कानूनी कागजातको समस्या परेका उजुरीको सङ्ख्या २९१ छ । आयोगमा आव २०७४÷७५ मा घरेलु हिंसा र महिलाविरुद्ध हुने हिंसाका ८३८ उजुरी दर्ता भएका थिए । जसमध्ये घरेलु हिंसातर्फ ७६६ दर्ता भएका थिए । सोही अवधिमा शारीरिक हिंसा ३८८, मानसिक हिंसा ४३६, आर्थिक हिंसा २९८, यौनजन्य हिंसा ५८ उजुरी आयोगमा परेका थिए ।

 घरेलु हिंसामा दर्ता भएका उजुरीमध्ये मानाचामल, सम्बन्धविच्छेद, अंशवण्डा, शारीरिक हिंसामा बढी उजुरी दर्ता भएका छन् । आयोगमा परेका ८३८ उजुरीमध्ये १३१ को मेलमिलाप पद्धतिद्वारा किनारा लगाइएको आयोगको अभिलेखमा उल्लेख गरिएको छ । आयोगका अनुसार विगतको तुलनामा घरेलु हिंसा ३५ दशमलव ६३ प्रतिशतले बढेको पाइएको छ ।

 आयोगको उपसचिवसहितको टोलीले नगरपालिकाका जनप्रतिनिधिसँग बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, दाइजोप्रथा, छाउपडी प्रथा, मानव बेचबिखनको अवस्था, कुरीति, अन्धविश्वास, स्थानीय तहमा महिला समावेशिताका कुराबारे जानकारी लिएको छ ।

टोलीले महिलाको शिक्षाको अवस्था, स्वास्थ्यमा पहुँच, महिलाको आर्थिक अवस्थामा परिवर्तन ल्याउन ल्याएका योजना तथा नीति, रोजगारको अवस्था, ऐन, कानून निर्माण गर्दा महिला समावेशिता र न्यायिक समिति गठन, पूर्वाधार र जनशक्तिबारे जानकारी लिएको छ ।

नगरप्रमुख दिलबहादुर ऐरले नगरपालिकालाई महिलामैत्री र समावेशी बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । उहाँले महिलाको सशक्तीकरण गर्न वडा कार्यालयमार्फत सीपमूलक, आयआर्जन र नेतृत्व विकासका कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रममा जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो