२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

सरिताको हत्यामा पारिवारिक संलग्नता

२४ बैशाख २०७६, मंगलवार ०६:१५

वैशाख २४, काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

 उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अनुसन्धानबाट परिवारको अन्य सदस्यसमेतको संलग्नता देखिँदैछ, हिरासतमा राखी थप अनुसन्धान गर्दैछौँ ।”

 प्रहरीले सरिताका श्रीमान् सुदीप, ससुरा पिताम्बर, सासु गङ्गा, जेठाजु केशव, जेठानी सङ्गीतालाई हिरासतमा राखी थप अनुसन्धान गर्न सोमबार १० दिनको म्याद थपेको छ । प्रहरीले वैशाख १३ गते सरितालाई घाँटीमा नीलडाम भएको अवस्थामा मृत फेला पारेको थियो । अघिल्लो दिन राति हत्या भएको र भोलिपल्ट मात्रै परिवारले प्रहरीलाई खबर गरेको अनुसन्धानबाट खुलेको छ ।

सरिताको हत्यापछि श्रीमान् सुदीप फरार अवस्थामा रहनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृतक अवस्थामा भेटिएको भनी प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको हुनसक्ने जनाउँदै मृतकका दाजु मण्डन देउपुर नपा–४ चैनपुरका कृष्णप्रसाद दाहालले वैशाख १३ गते नै प्रहरीमा जाहेरी दर्ता गर्नुभएको थियो ।

प्रहरीले जोहरीका आधारमा सोही दिन गाउँ छाडेर भाग्ने तरखरमा रहेका श्रीमान् सुदीप तथा परिवारका अन्य सदस्यलाई गिरफ्तार गरेको थियो । घटनाको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले शिक्षण अस्पताल काठमाडाँैमा मृतकको शव परीक्षण गराएको छ । परीक्षण रिपोर्टले पनि श्रीमान् एक्लैबाट सरिताको हत्या नभएको देखाएको प्रहरीले जनाएको छ । 

सरिताको रहस्यमय मृत्यु भएको जनाउँदै स्थानीय महिलाले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दबाबपूर्ण प्रदर्शन गरी सत्यतथ्य छानबिनको माग गरेका थिए । 

स्थानीयका अनुसार चार वर्षअघि सरितासँग विवाह गरेका सुदीप दुई वर्षदेखि मानसिक रोगी थिए । सुदीप र सरिता बाबुआमासँगै एउटै घरको भुइँतलामा बसेको भए पनि खाना भने अलग्गै खाँदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य