२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला : तुइन र ट्युबको ठाउँमा झोलुङ्गे पूल, चार ठाउँमा झोलुङ्गे पुल निर्माणको बोलपत्र हुँदै

२०७६, २५ बैशाख बुधबार ११:१९

नरेन्द्रसिह कार्की,  बैशाख २५,  दार्चुला ।  व्यास गाउँपालिका–५ तिगरमका नन्दा कुवरको दैनिक अचेल सहज बनेको छ । उहाँलाई दुई वर्षअघिसम्म तुइन तर्न अरु साथी खोज्नु पथ्र्यो । डरलाग्दो महाकाली नदीमा एक्लै तुइन तर्न सकिने अवस्था थिएन् ।  

दुई वर्षअघि दुई दशकदेखिको सपना तुइनको सट्टा झोलुङ्गे पुल निर्माण भएपछि उहाँको दैनिक सहज बनेको हो । अब उहाँलाई एक्लै नेपाल भारत आवतजावत गर्न कुनै समस्या छैन । निर्वाध रुपमा नेपाल भारत सामान ओसारपसार गर्नेदेखि खलंगा आवतजावत गर्न निकै सहज भएको छ । उहाँको जस्तै अनुभव अर्का स्थानीयवासी राजमति भट्टको छ । बर्खाका बेला कहिल्यै एक्लो नहिँडेका उहाँ अचेल जस्तोसुकै अवस्थामा वारपार गर्न सक्नुहुन्छ । उहाँलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न होस् वा खलंगा केटाकेटी पढाउन सजिलो भएको छ । 

तुइन विस्थापनपछि नागरिकको दैनिकी फेरिएको छ । झोलुङ्गे पुलबाटै सहजै सामान ढुवानी हुँदा नयाँ घर निर्माणदेखि खाद्यान्न ढुवानी हुने गरेको छ । “गाउँमा उत्पादन भएको मकै बेचेर पारी भारतको धारचुला गएर चामल लिन सजिलो छ”, उहाँले भन्नुभयो । गाउँको उत्पादन शहर र शहरको उत्पादन सजिलै गाउँ पुगेको छ । गाउँमा ग्याँस चुलोको पहुँच भएको छ । दाउँरा बाल्नुपर्ने ठाउँमा ग्यासको प्रयोग हुन थालेको छ । तुइनको कष्टकर र जोखिमपूर्ण यात्रा अन्त्य गर्दै निर्माण गरिएको झोलुङ्गे पुलले गर्दा सबैलाई फाइदा पुगेको छ । 

कयौँले त्यहि तुइनमार्फत वारपार गर्दा ज्यान गुमाएका थिए । विगतका समस्याका दिन अब सकिएका छन् । विसं २०७४ मै तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माण गरिएपछि तिगरम वस्तीलाई मात्र नभएर व्यासको धौलाकोट, वडा नं ६ को हुतीका स्थानीयलाईसमेत आवतजावतमा सजिलो भएको उहाँले बताउनुभयो । केपि शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन नीति ल्याउनुभएको थियो । सोही नीतिअनुसार अहिले दार्चुलाका दुई ठाउँमा तुइन र एक ठाउँमा ट्युब विस्थापन गरिएका छन् । तुइन विस्थापनले गाउँमा सहज रुपमा योजनाका काम सञ्चालन हुन पाएका छन् । 

झोलुङ्गे तर्ने सपना

लेकम गाउँपालिका–३ लालीका एगडे टमटालाई ट्युबको सट्टा झोलुङ्गे पुल भएर आवत जावत गर्ने ठुलो रहर छ । ट्युब विस्थापन अन्तर्गत झोलुङ्गे पुल निर्माण गरिएको छ । तर पुलमा आवतजावत गर्न दिइएको छैन् । झण्डै पाँच महिना हुन लाग्यो पुल निर्माण गरिएको । स्थानीय वर्षौदेखिको ट्युबको जोखिम अन्त्य गर्दै झोलुङ्गे पुलमार्फत आवत जावत गर्ने सपना बुन्दैछन् । 

यहाँका बासिन्दा विगतमा पुल नहुँदा आधा दर्जन ट्युब बाढीले बगाउँदा ज्यान गुमाएको दृष्य विर्सने तरखरमा छन् । टमटाले भन्नुभयो, “ट्युब विस्थापन गरेर झोलुङ्गे पुल बनाउने प्रधानमन्त्री ओली धन्यवादका पात्र हुनुहुन्छ, तर पुल बनेपनि हिड्न नपाएकामा दुःखी छौँ ।” पाँच महिनासम्म कागजी प्रक्रिया पूरा नहुनुले उहाँ मात्रै होइन त्यहाँका अरु नागरिकलाई पनि समस्या भइरहेको उहाँले सुनाउनुभयो ।

पचहत्तर वर्षीया पुट्कीदेवी विष्ट विरामी हुनुभएको छ । पूल निर्माण पछि ट्युब व्यवसाय चलाउनेहरु पनि अरु कामतिर लागेका छन् । आज भारत उपचार गराउन लग्नुपर्ने भए पनि ट्युब चलाउने मान्छे नपाउँदा रोकिनुप¥यो । पुलमा नियमित आवत जावत गर्न दिएको भए विरामीको चाँडो उपचार हुने थियो । ज्यान जोखिममा हुँदा पनि झोलुंगे पूलबाट आवत जावत गर्न दिइएको छैन् । 

झोलुङ्गे  पुल निर्माणपछि दुवै देशका अधिकारीले दुई पटक संयुक्त अनुगमन समेत गरेका छन् । पछिल्लो समय भारतको पिथौरागढका जिल्ला अधिकारी परिवर्तन भएका कारण पुल सञ्चालनका लागि ढिला भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले बताउनुभयो ।

भारत पिथौरागढ जिल्ला अधिकारी (डिएम )विजय कुमार जोगदंडे तथा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी कुवँरले पुलको निरीक्षण गरेका हुन् । भारतीय अधिकारीले आफुले पुलको कागजात अध्ययन गरेपछि एकसाता भित्र नियमित आवतजावतका लागि प्रक्रिया अघि बढाउने बताउनुभएको सहायक प्रजिअ कुवँरले बताउनुभयो । दुवै तिर सुरक्षा अधिकारी बस्ने पोष्ट, खानेपानी, शौचालय लेकम  गाउँपालिकाको बजेटमार्फत निर्माण गरिएको छ । 

चार ठाउँमा झोलुङ्गे पुल निर्माणको बोलपत्र हुँदै

केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि तुइन तथा ट्युब विस्थापन अधुरा रहेका ठाउँमा अहिले पनि विस्थापनको कार्यक्रमलाई निरन्तरता दिइएको छ । दार्चुलामा अझै आधा दर्जन ठाउँमा तुइनमार्फत आवत जावत भइरहेको भन्दै थप चार ठाउँमा तुइन विस्थापन गर्ने लक्ष्य लिइएको छ । तुइन विस्थापनअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गत रहेको सस्पेन्सन व्रिज डिभिजन कार्यालयले चार ठाउँमा झोलुङ्गे पुल निर्माणका लागि बोलपत्र निकाल्ने तयारी गरेको छ । 

विगतमा भारतीय पक्षले झोलुङ्गे पुल निर्माणका लागि सहमति पत्र दिएको थिएन् । अहिले सहमति दिएपछि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले एक हप्ता भित्रै नयाँ बोलपत्र निकाल्ने तयारी गरेको योजना प्रमुख कुमार थापाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमार्फत सबै कागजात आइसकेका छन् । “परराष्ट् मन्त्रालयमार्फत अन्तिम रुप हुने वित्तिकै एकसाता भित्रै बोलपत्र गर्ने तयारी छ”, उहाँले भन्नुभयो । 

पछिल्लो समय व्यास गाउँपालिकाको वडा नं २ माल, व्यास–४ मलघट्टे, वडा नम्बर ६ को बडुगाउँ तथा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ बाकुमा झोलुङ्गे पुल निर्माणको तयारी गरिएको छ । चार ठाउँमा झोलुंगे पूल निर्माणपछि दार्चुलामा तुइन तथा ट्युब विस्थापनको काम सकिने छ । व्यास गाउँपालिकाले समेत तुइन निर्माण गरिएका ठाउँमा झोलुंगे पूल निर्माण छिटो गर्न माग गरिएको गाउँपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो