२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा ट्र्याक्टर दुर्घटनामा परि एकको मृत्यु, दुई जना घाइते

२५ बैशाख २०७६, बुधबार १२:२५

वैशाख २५, पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङमा मङ्गलबार राति भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचथर फालेलुङ–५, प्राङबुङका १८ वर्षीय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई फिदिमस्थित जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी ट्र्याक्टरका चालक याङवरक–३, ओयामका २१ वर्षीय सन्तोष मगर र सह–चालक फिदिम–९, लुम्फाबुङका २० वर्षीय धीरेन राई घाइते भएका छन् ।

कुम्मायक–२, माङजाबुङस्थित सुब्बाटोलबाट सल्लाको काठ लिई चौथी बजारतर्फ जाने क्रममा अनियन्त्रित भई लु १ त ६२४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक छात्र क्याम्पस नजिकै मृ-त फेला आज दुई वटा संसदीय समितिको बैठक बस्दै रवि लामिछानेसहित जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने यस्तो रहनेछ आजको मौसम, तराईमा हुस्सु, पहाडमा सफा रहने अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी