बैशाख २६, काठमाण्डौ – त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित चिनियाँ नागरिक वाङ चुनयान पक्राउ परेका छन् ।
उनको साथबाट १ लाख नेपाली रुपैयाँ, १३ हजार २० अमेिरकी डलर, ८ हजार ३ सय भारतीय रुपैयाँ र १ हजार चाइनिज युआन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
एयर चाइनाको उडानबाट चीनको चेङ्गदुतर्फ जान लागेकी चुनयानलाई पक्राउ गरी बरामद मुद्रासहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको पनि विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।