२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटी: सालमुनिले गर्यो विद्युत् उत्पादन

३१ बैशाख २०७६, मंगलवार ०८:४४

वैशाख ३१, डोटी  | जिल्लाको बडीकेदार गाउँपालिका–१ विपीनगरस्थित कापडी गाडमा निर्माण भएको सालमुनि हाइड्रोपावर परियोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । करीब रु एक अर्बको लगानीमा निर्माण गरिएको उक्त परियोजनाले पहिलोपटक आफ्नै पावरहाउसमा बत्ती बालेको हो । 


परियोजनाको विद्युत् उत्पादन क्षमता ३.३३ मेगावाट रहेको पावरहाउसका टनेल इञ्चार्ज मीन पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत्को सम्पूर्ण काम सकिएको छ, हामीले लक्ष्यबमोजिम तोकिएकै समयमा विद्युत् उत्पादन गरेर देखायौँ ।” सुदूरपश्चिमको प्रसिद्ध देवता सालमुनिको नामबाट निर्माण गरिएको उक्त परियोजनाको ठेक्का सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भू कन्ट्रक्सनले लिएका हुन् । सो विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । 

ती दुवै कम्पनी र नेपाल सरकारबीच भएको सम्झौताअनुसार ३० वर्षसम्म यहाँको विद्युत् बिक्रीबाट आएको रकम निर्माण कम्पनीले नै लिने भएको छ । विपीनगरमा विद्युत् निर्माण भएर विद्युत् उत्पादन भएपछि यहाँका बासिन्दा खुशी भएको स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बत्ती नभएर अन्धकार भएको हाम्रो ठाउँमा अब बिजुली बल्यो, हामी त्यसैमा खुशी छौँ ।” उक्त पावर हाउसबाट उत्पादन हुने विद्युत् वितरणपछि डोटी जिल्ला विद्युत् भार कटौतीमुक्त हुनेमा स्थानीय बासिन्दा आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु