2026-07-11 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा पार्किङ गरिएको त छैन ?

2019-05-14

बैशाख ३१, काठमान्डौ | तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ । 

चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाइँको मोटरसाइकल भेटिने सम्भावना कम छ । काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गरेर पार्टपूर्जा परिवर्तन गर्ने चोरहरु सक्रिय छन् । मोटरसाइकल ग्यारेज सञ्चालक समेत यसमा संलग्न भएको खुल्न आएको छ । 

यस्तै घटना काठमाडौँको गोकर्णेश्वरको अत्तरखेलमा भएको छ । स्थानीय राजन कार्कीको पार्किङ गरिएको मोटरसाइकल वैशाख २८ गते चोरी भएको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा आएको निवेदन दर्ता भयो । त्यसको अनुसन्धान गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीको मोटरसाइकल मर्मत केन्द्रमा विभिन्न मोटरसाइकलका पाटपूर्जा फेला परेका छन् । 

मोटरसाइल मर्मत केन्द्र (ग्यारेज)मा चोरीको मोटरसाइकल लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले उक्त स्थानमा खोजी गर्दा उहाँको मोटरसाइकलका पार्टपूर्जा मोटरसाइकलबाट अलग्याइएको अवस्थामा फेला परेको थियो । 

ग्यारेजमा फेला परेका अन्य ब्राण्डका मोटरसाइकलका पार्टपूर्जासमेत चोरीको भएको आशङ्का गरियो । ती पार्टपूर्जा बरामद गरी सम्बन्धित तीन जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा काठमाडौँको शङ्खरापुर नगरपालिका–५ पालुबारीका ग्यारेज सञ्चालक तिलकबहादुर तामाङसहित निराजन ओझा र मोहम्मद सज्जाद खान रहेको बोगटीले बताउनुभयो । 

उक्त ग्यारेजबाट पार्टपूर्जा अलग गरिएको मोटरसाइकलको ट्याङ्की छ थान, साइलेन्सर पाइप, रिङ, टायर, लेगगार्ड र इञ्जिन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले पाटपूर्जा निकालेर फरकफरक मोटरसाइकलमा जोड्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले यसअघि पनि यस्ता घटना भइरहेकाले आफ्ना सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न र राम्ररी ताला लगाउन  अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट