२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रभावमा परेर बिहे गर्दा…

२०७६, २ जेष्ठ बिहीबार १३:३५

जेठ २, काठमाडौँ । दोलखाको डाँडागाउँ घर भई काठमाडौँको कालोपुल बस्ने २० वर्षीया जेनी खड्का प्रभावमा परेर बिहे गर्दा गम्भीर अवस्थामा पुग्नुभएको छ । पाँच वर्ष अघि बिहे गर्दा उहाँलाई आफू दोस्रो पत्नी भएको जानकारी थिएन । पछि घरमा अर्को श्रीमती पनि छ भन्ने चाल पाएपछि उहाँ श्रीमान् छाडेर माइतीसँग बस्दै आउनुभएको थियो । बेला बेलामा घर जान दबाब दिँदै श्रीमान्ले धम्की दिने गरेका जेनीको परिवारको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ तर पनि उहाँले सुख पाउनु भएन । 

बुधबार भने गम्भीर परिणाम भोग्नु पर्‍यो । साँझ अन्दाजी ७ः३० बजे आफ्नै श्रीमान् काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ फूलबारी बस्ने ३६ वर्षीय विष्णु भुजेलको एसिड प्रहारबाट गम्भीर घाइते हुनुभएको छ । उहाँको ओम अस्पतालमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । एसिडले उहाँको अनुहारको एक भाग, हात, मुख, छाती जलेको र बोल्नसक्ने अवस्था नरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीको भनाइ छ । भुजेलले जेनीलाई हाल्नकै लागि नियतबस नै काभ्रेबाट एसिड ल्याएको खुलेको छ ।

एसिड प्रहार गरी सख्त घाइते बनाएर भागेको भन्ने सूचनाको आधारमा खोजी गर्दा दुई घण्टामै भुजेललाई प्रहरीले काठमाडौँको काँडाघारीबाट राति १०ः१५ बजे पक्राउ गरेको छ । उनलाई अनुसन्धानका लागि अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । मोटरसाइकलको ग्यारेजमा काम गर्ने भुलेजले विभिन्न प्रभावमा पारेर सानै उमेरमा बिहे गरेको जेनीको परिवारलाई उद्धृत गर्दै प्रवक्ता बोगटीले बताउनुभयो । आफू कान्छी श्रीमती भएको थाहा पाएपछि उनीहरुबीच विवाद शुरु भएको थियो । तीन वर्षअघि छोरा जन्माएकी जेनी त्यसपछि अलग्गै बस्न थाल्नुभएको थियो । बुधबार भने भुजेलले रिसको झोकमा कोठा बाहिर बोलाएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहितामा तेजाब आक्रमणका घटनामा आठ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ