२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा फस्टाउँदै फुल खेती

२०७६, २ जेष्ठ बिहीबार १४:५७

चिसाङ शेर्पा | जेठ २, खोटाङ | जिल्लाको महादेवस्थानमा व्यवसायिक रुपमा पुष्प (फुल) खेती फस्टाउँदै गएको छ । हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. ७ महादेवस्थानस्थित गैरीगुठ र डाडाँगुठमा प्रगतीशील पुष्प खेती समुहका २० जना महिला कृषकहरुले उत्पादन गर्दै आएको बेमौसमी पुष्प खेती दिन प्रतिदिन फस्टाउँदै गएको हो । नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्र्तगत गतवर्ष एक लाख ५० हजार आर्थिक सहयोगमा सुरुवात भएको पुष्प खेतीले मनग्गे प्रगती लिन थालेको छ ।

प्रसिद्ध त्रि–धार्मिकस्थल रहेको वडामा जिल्लामै संम्भवत पहिलो पटक सुरुवात गरिएको पुष्प खेतीवाट हप्तामा एक व्यक्तिले तीन हजार पाँच सय रुपैयाँदेखी एक घरबाट ६० थानसम्म माला उन्न पुग्ने फुल उत्पादन तथा सिजनमा फुल बेचेरै प्रतिव्यक्तिले महिनामा ५०/६० हजार आम्दानी लिने गरेको नगरपालिकाकी उप–प्रमुख बिमला राईले बताईन् । महिला दिदीबहिनीहरुले थालेको पुष्प खेती व्यवसायिक रुपमा फस्टाउँदै गएपछि प्रोत्साहन स्वरुप नगरपालिकाले चालू आर्थिक वर्षमा पनि दुई लाख बजेट बिनियोजन गरेर विभिन्न कृषि सामग्रीहरु वितरण गर्दै आएको छ ।

बेमौसमी पुष्प खेती गरिरहेका महिला कृषकहरुलाई प्रोत्साहन स्वरुप गत बुधबार मात्रै नगरपालिकाले टनेला बनाउन २० थान प्लाष्टिक वितरण गरेको छ । सोही बजेटबाट नगरले पुष्प खेती गरिरहेका उक्त समुहका कृषकहरुलाई फुलको बिउ, बिजन र पानी लगाउने हजारी वितरण गरिसकेको छ । केही मात्रामा कृषकहरुले हजारी लैजान बाँकी छ । कृषकहरुले उत्पादन गरेको फुलहरु नगरपालिकाको विभिन्न कार्यक्रम, नजिकैको धार्मिकस्थल हलेसी मन्दिर तथा बेला बेलामा जिल्ला बाहिर समेत निर्यात हुने गरेको छ । 


हाललाई कृषकले वजारको माग अनुसार फुलको माग पूरा गर्न सकेकोे र उत्पादन वढ्दै गएर बजारको अभाव भएमा फुल विक्रीका लागि वाहिरी वजारमा सम्पर्क गरिदिने नगरपालिकाका कृषि शाखा प्रमुख टिकाराम न्यौपानेले बताए । नगरपालिकाले बजारको बन्दोबस्त गर्छ कृषकले ढुक्कले फुल उत्पादन गरे हुन्छ । न्यौपानेले भने । ‘प्रसिद्ध त्रि–धार्मिकस्थल हलेसीमा पूजाआजा गर्नका लागि सवैभन्दा वढी फुलको माग बढ्ने गरेको छ ।’ गाउँमै सुरुवात भएको पुष्प खेती फस्टाउँदै जाँदा वाहिरबाट फुलको निर्यात बन्द हुने र गाउँघरका महिलाहरु कृषिमा आत्मनिर्भर हुदंै जाने नगरले अपेक्षा राखेको छ । धितुङमा पनि कृषकहरु आफैले पुष्प खेतीको सुरुवात गरेको नगर प्रमुख इवन राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित