२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ : प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

२०७६, ४ जेष्ठ शनिबार ०५:५१

जेठ ४, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले हरेक घरमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पम्प्लेट टाँसेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उद्देश्यले ७ नम्बर वडास्थित दोर्पाचिउरीडाँडाका सम्पूर्ण घरमा उक्त सन्देश उल्लेखित पोष्टर टाँसिएको हो ।

पोष्टरमा सकेसम्म स्वदेशमै रोजगारी गरौँ, यदि विदेश जाने नै भए सही सूचना र सीप लिएर मात्र जाऔँ’ भन्ने सूचनासहितको सामग्री ६१० घरको भित्ताभित्तामा टाँसिएको छ । वडाबाट परिचालित स्वयंसेवक मानबहादुर भुजेलका अनुसार उक्त सन्देशमूलक सामग्रीमा वैदेशिक रोजगारमा जान तयार युवाका लागि आवश्यक पर्ने सूचना तथा जानकारी पनि दिइएको छ ।सन्देश सामग्रीमा सीप तालीमको महत्व, आवश्यक कागजपत्र, सुरक्षा, भर्पाइ तथा प्रमाण, पुनः श्रम स्वीकृति, नेपालकै विमानस्थल प्रयोग गर्न र अप्ठ्यारो पर्दा सहयोग गर्ने संस्थाको बारेमा जानकारी गराइएको छ । यसबाहेक अन्य प्राविधिकलगायत जानकारीमूलक सूचना तथा सन्देशसमेत उक्त पर्चामा उल्लेख गरिएको छ । 

वडा कार्यालयको यस्तो गतिविधिले वैदेशिक रोजगारीमा जाने युवा सुरक्षित हुन मद्दत पुर्‍याउने आप्रवासी स्रोत (सूचना) केन्द्र दिक्तेल शाखाले जनाएको छ । यस्ता सूचना तथा सन्देश  जिल्लाका सबै स्थानीय तहका सबै वडाले प्रयोगमा ल्याउनु  आवश्यक देखिएको ऊक्त केन्द्रका कार्यत्रम संयोजक ओजोनबाबु आचार्यले बताउनुभयो । हरेक घरमा यस्तो सूचना पुर्‍याइएपछि परिवारका सदस्य तथा आफन्तले कम्तीमा पनि उक्त सूचना आफैँ हेर्ने वा सुन्ने  र प्रयोगमा ल्याउने हुनाले यसले वैदेशिक रोजगारमा जाने युवालाई सुरक्षित बनाउने उहाँको भनाइ थियो । 

यसैबीच खोटाङस्थित केपीलासगढी गाउँपालिकाले वैदेशिक रोजगारीसम्बन्धी प्रोफाइल निर्माण गर्न लागेको गरेको छ । गाउँपालिकाभित्र वैदेशिक रोजगारको अवस्थासम्बन्धी सम्पूर्ण जानकारी समेटी त्यसलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउने उद्देश्यले प्रोफाइल निर्माण गर्न लागिएको बताइएको छ ।त्यसका  लागि गाउँपालिकाभित्र रहेका सातै वडामा एकै साथ  तथ्याङ्क सङ्कलन शुरु गरिएको र  सोही तथ्याङ्कको आधारमा प्रोफाइल तयार गरिने कार्यक्रम संयोजक आचार्यले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने