2026-09-03 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा सडक दुर्घटना बढ्दै

जेठ ४, डोल्पा | जिल्लामा पछिल्लो समय सडक दुर्घटनाका घटना बढ्दै गएका छन् । भर्खरै खुला गरिएको कच्ची सडक सवारी चालकको लापरवाही र सुरक्षा निकायको कमजोर उपस्थितिका कारण सडक दुर्घटना बढ्दै जान थालेका हुन् ।

डोल्पा सडकको पहुँचमा पुगेसँगै अव्यवस्थित रूपमा जिल्लामा भित्रिएका मोटरसाइकल, जिप तथा ट्र्याक्टर र सिकारु चालकको लापरवाहीका कारण महीनैपिच्छे सडक दुर्घटनाको सिकार सर्वसाधारण बन्दै आएका छन् । शुक्रबार मात्र राति ८:३० बजेको समयमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरस्थित बजार लाइनमा ठुलीभेरी नगरपालिका–९ मोतीपुरका अन्दाजी २५ वर्षीय सञ्जय कठायतलाई रा१ज ५०१ नंको जिपले किच्दा कठायतको बायाँ खुट्टा काम नलाग्ने गरी भाँचिएको छ ।

त्रिपुरासुन्दरी–५ खदाङबाट यात्रु बोकेर त्रिपुराकोटतर्फ आउँदै गरेको अवस्थामा कठायतलाई किचेको प्रहरी चौकी त्रिपुराकोटका नायव निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो । घाइते कठायतको अवस्था गम्भीर भएपछि व्यापारी मिलेर राति नै उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

चिकित्सकले जिल्लामा उपचार सम्भव नहुने बताउँदै नेपालगञ्ज सिफारिश गरिए पनि आर्थिक अभावका कारण जिल्ला अस्पताल दुनैमा नै उपचार भइरहेको छ । उपचारमा समस्या भएपछि व्यापारीले प्रत्येक व्यवसायीबाट चन्दा सङ्कलन शुरु गरेका छन् । खुट्टाबाट निरन्तर रगत बगिरहेकाले घाइते कठायतको अवस्था गम्भीर भएको त्रिपुराकोट उद्योग वाणिज्य सङ्घका प्रतिनिधि पूर्णकेशर न्यौपानेले बताउनुभयो ।

त्रिपुराकोटमा बजारीकरण बढ्दै गएसँगै सडक दुर्घटना, चोरीलगायतका घटना बढ्न थाले पनि प्रहरीले सशक्तरूपमा काम गर्न नसकेको न्यौपानेको भनाइ छ । घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै व्यापारीले त्रिपुरासुन्दरी नगरपालिका बगर बजारमा प्रदर्शन गरेका छन । 

जाजरकोटको नलगाड नगरपालिका–१२ बस्ने जिप चालक महेन्द्र विष्टलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । डोल्पा सडक सञ्जालमा जोडिएपछि दुई दर्जनभन्दा बढी सडक सवारी दुर्घटनाका घटना घटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही