२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

स्वास्थ्य एकाइ खुल्दा स्थानीयवासी खुशी, ८९५ जनालाई नागरिकता बितरण

४ जेष्ठ २०७६, शनिबार ०९:०१

जेठ ४, डोटी | जिल्लाको शिखर नगरपालिका–१ सेरी गाउँमा स्वास्थ्य एकाइ कार्यालय स्थापना गरिएको छ । स्वास्थ्य एकाइ खुलेपछि स्वास्थ्य सेवा पाउन थालेपछि सो गाउँका स्थानीयवासी निकै खुशी भएका छन् । 

स्वास्थ्य सेवा सञ्चालनका लागि वडा कार्यालयले नयाँ भवन निर्माण गरेको छ । भौगोलिक विकटता र गाउँमै स्वास्थ्य संस्था नहुँदा नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएकाले आफूले स्वास्थ्य एकाइ कार्यालय खोल्न पहल गरी स्वास्थ्य सेवा दिलाएको वडाध्यक्ष खड्क शाहीले बताउनुभयो  । 

शिखर नगरपालिकाका विभिन्न वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना हुन थालेपछि धेरै नागरिकले राहत  पाउन थालेका छन् । करीब एक हजार जनसङ्ख्या रहेको उक्त गाउँमा दलित समुदायको बढी बाहुल्यता रहेको छ ।  

नागरिकता वितरण

जिल्लाको बडिकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरबाट ८९५ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । बडिकेदार गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा बुधबारदेखि शुक्रबारसम्म सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा नागरिकताको प्रमाणपत्र वितरण गरिएको बडिकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पाण्डेयले बताउनुभयो । 

उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाम पुगेर नागरिकता बनाउन नसकेकालाई शिविरले घरैमा नागरिकता दिएको छ, सबैले राम्रै सेवा पाए ।” उक्त शिविरमा ५०९ जना महिला, ३८६ जना पुरुष गरी कूल ८९५ जनाले नागरिकता लिएका छन् । 

सात सय ८५ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने स्वास्थ्य उपचार तथा परीक्षण, पशुसेवा, कृषि सेवासम्बन्धी परामर्श लिएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो ।

 जनताको घर दैलोमा सरकारको उपस्थिति गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त शिविरमा ठूलो परिणाममा सेवाग्राहीले सेवा लिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी एवं शिविर संयोजक टेकनारायण पौड्यालले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो समयमा ग्रामीण भेगमा सञ्चालन गरिएका पाँचवटा शिविरमध्ये सबैभन्दा बढी नागरिकता वितरण भएको बडिकेदारमा सञ्चालन गरिएको शिविरमा हो । जिल्लाको बोगटानफुड्सिल गाउँपालिकाबाट शुरु गरिएको शिविर सायल गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिकापछिको बडिकेदार गाउँपालिकामा सञ्चालन भएको थियो । अन्य स्थानीय तहसँगको समन्वयमा पनि जिल्लाका अन्य गाउँपालिकामा पनि शिविर सञ्चालन गर्न सकिने  प्रमुख अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला