२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

बिबाह गर्ने उमेर पुगेको छैन, सम्बन्ध बिच्छेद !

४ जेष्ठ २०७६, शनिबार ०९:०७

जेठ ४, जाजरकोट | घरेलु हिंसा सहन नसकेर यहाँका कतिपय महिला सम्बन्धविच्छेद गर्न बाध्य छन् । सम्बन्धविच्छेद गर्न आउने मध्ये अधिकांशको उमेर २० देखि २२ वर्ष रहेको जिल्ला अदालतले जनाएको छ । विवाह गर्ने उमेरै नपुगेका पनि सम्बन्धविच्छेद गर्न आउने गरेका अदालतका नायव सुब्बा  सर्वराज खत्रीले बताउनुभयो ।  

“कम उमेरमा विवाह गर्ने र विवाह गर्ने उमेरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको छ, विवाह गर्ने उमेर पुगेका महिला सम्बन्धविच्छेदका लागि सन्तान काखी च्यापेर अदालत पुग्नेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो । १४/१५ वर्षको उमेरमा विवाह गरेर परिपक्व भएपछि घरेलु हिंसा सहन नसकी सम्बन्धविच्छेद गर्न बाध्य भएको महिलाहरुको भनाइ छ । 

गरीब, दलित र निम्न आय भएका परिवारमा सानै उमेरमा विवाह गर्ने धेरै छन् । जाजरकोटमा १५ वर्ष नपुग्दै ४० प्रतिशत र १९ वर्ष नपुग्दै ७४ प्रतिशत किशोरीले विवाह गरिसक्ने महिला अधिकारको पक्षमा काम गर्दै आउनुभएका रामविक्रम शाहले बताउनुभयो । जनचेतनाको कमीका कारण बालविवाह हुने र त्यसका कारण उत्पन्न हुने विभिन्न सामाजिक समस्या चुनौतीका रूपमा खडा भएको उहाँको भनाइ छ । 

जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन् । वैशाखसम्म सम्बन्धविच्छेदका १०३ मुद्दा दर्ता भएका रेकर्डमा उल्लेख छ । जसमध्ये गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दाको सङ्ख्या १० छ । नयाँ संहिताअनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या २९ रहेको अदालतले जनाएको छ ।

अदालतले गत साउनदेखि हालसम्म सम्बन्धविच्छेदका ६५ मुद्दा फर्स्यौट गरिसकेको छ । कम उमेरमा विवाह, अन्तरजातीय विवाह, मदिरा सेवन, दाइजो, वैदेशिक रोजगार, बहुविवाह, घरेलु हिंसा, बेरोजगारी, खाना लाउन नदिएको, परपुरुषसँगको अवैध सम्बन्धलगायत कारण देखाउँदै सम्बन्धविच्छेदका मुद्दा पर्ने गरेका अदालतले जनाएको छ । पछिल्लो समय अंशसहितभन्दा अंश नलिई विच्छेद गर्ने र उजुरीकर्ता पुरुष पनि बढेका छन् । 

नलगाड नगरपालिका–११, रग्दाकी मनकुमारी विक २८ वर्षकी हुनुभयो । उहाँका दुईदेखि १३ वर्षसम्मका छ छोराछोरी छन् । १४ वर्षको उमेरमा विवाह गरेकी मनकुमारीले हिंसाका कारण अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न बाध्य भएको बताउनुभयो । “पढ्दापढ्दै  विवाह गरियो, विवाह गरेको एक वर्षभित्र बच्चा जन्मिएपछि पढाइ पनि छुट्यो”, नलगाड बारेकोट गाउँपापालिका–४ की रमा शाहीले भन्नुभयो, “अहिले श्रीमान्बाट अलग बसेकी छु, उहाँले अर्को केटी विवाह गरेर दुःख दिएपछि हामी चार छोराछोरीसहित अलग भएको करीब एक वर्ष भयो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य