१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

एमाओवादीको जनवर्गीय संगठनहरुको भेलामा तिब्रता

२४ फाल्गुन २०७२, सोमबार ०७:१७

फागुन २४, म्याग्दी / एकिकृत नेकपा माओवादी म्याग्दीले जनवर्गीय संगठनहरुको भेला तथा सम्मेलनलाई तिब्रता दिएको छ । संगठन सुदृढीकरण अभियान अन्तरगत एमाओवादी म्याग्दीले विद्यार्थी, महिला, मजदुर, युवा, जातीय र पेशागत संगठनहरुको भेला, सम्मेलनलाई तिब्र पारेको हो ।

यसैक्रममा आईतबार बेनीमा सम्पन्न अखिल नेपाल टेड युनियन महासंघ म्याग्दीको भेलाले राजेन्द्र केसीको संयोजकत्वमा २३ सदस्यीय महासंघको जिल्ला सम्मेलन आयोजक कमिटि गठन भएको छ । महासंघका निवर्तमान अध्यक्ष कमल केसीको अध्यक्षता, महासंघका ४ नम्बर प्रदेश सदस्य तथा धौलागिरी ईञ्चार्ज कृष्ण जिसीको प्रमुख आतिथ्यता र एमाओवादीका केन्द्रिय परिषद् सदस्य गोविन्द पौडेल, जिल्ला सहसचिव पुस्कर बिक र कोषाध्यक्ष शेरबहादुर केसीको उपस्थितीमा भेला सम्पन्न भएको थियो ।

सम्मेलन आयोजक कमिटिको सदस्यहरुमा नगेन्द्र केसी, दलबहादुर पुन, नन्दकुमार पुन, गणेश श्रेष्ठ, राजेन्द्र रसाईली, सुमन सुनार, मिलन बानिया, भिमबहादुर सुनार, हरिबहादुर भण्डारी, किसान जिसी, शक्ति छिनाल, नविन पौडेल, कृष्णबहादुर खत्री, कुशुम कार्की, बमबहादुर सुनार, माया परियार भट्टराई, मनमाया थापा, हिराबहादुर दर्जी, लक्ष्मण लामिछाने, नानुमाया दाहाल, दलबहादुर किसान र एकलाल जुक्जाली रहनुभएको महासंघले जनाएको छ ।

कमिटिले यातायात, धातु तथा निर्माण, ढुवानी, ईलेक्ट्रीकल, करार, सडक मजदुर र फलफुल ब्यपार गर्ने मजदुरहरुलाई एकतावद्ध गरि जिल्ला सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु